ब्लड क्यान्सर पीडित साहित्यकार लामिछानेको उपचारमा सहयोग जुटाउन समिति
काठमाडौं, चैत्र १ । ब्लड क्यान्सर भई निजामती अस्पताल मीनभवनमा उपचाररत नुवाकोट खानीगाउँ–४ का साहित्यकार कौशला लामिछानेको उपचारमा आर्थिक सहयोग गर्न साहित्यकार विजयध्वज थापाको संयोजकत्वमा ‘कौशला लामिछाने उपचार सहयोग समिति’ गठन गरिएको छ ।
उनको आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि रु १२ लाख लाग्ने जनाइएकाले आर्थिक सहयोगका लागि समितिले सबैमा अनुरोध गरेको छ ।
अहिलेसम्म त्रिशूली वाङ्मय प्रतिष्ठान, नइ प्रकाशन, उषा शेरचन आदि साहित्यकार एवं शुभेच्छुकबाट रु तीन लाख नगद सङ्कलन भइसकेको समितिका सचिव भैरवी ढुङ्गानाले बताइन ।
अठ्ठाइस वर्षीया लामिछानेका केही कविता र गजल फुटकर रुपमा प्रकाशित छन् ।