Header Ads

विश्‍वकपमा आज: अस्ट्रेलियाली इतिहासको दबाब भारतलाई - भारत र अस्ट्रेलिया भिड्दै

सिड्नी (एएफपी), चैत्र १२ । डिफेन्डिङ च्याम्पियन भारतले बिहीबार बहुप्रतीक्षित सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्दा विश्वास गर्दैछ, घरेलु टिमले तयार पारेको इतिहास दोहोरिने छैन । सिड्नी क्रिकेट मैदानमा भारतले पछिल्लो ३५ वर्षमा अस्ट्रेलियालाई एकैपल्ट मात्र पराजित गरेको छ । सन् २००८ को त्यस भारतीय जितमा सचिन तेन्दुलकरले शतक प्रहार गरेका थिए ।

त्यो त्रिकोणात्मक वान-डे सिरिजको खेल थियो । तर महेन्द्रसिंह धोनी र टिमले आफूमाथि लागेका सबै आलोचनाको उत्तर पनि फर्काएका छन् । विश्वकप अगाडि अस्टे्रलिया भ्रमणमा भारतले खराब खेलेको थियो । सुरुआती दुई खेलमा पाकिस्तान र दक्षिण अफ्रिकालाई हराएयता भारतले समूह 'बी' का सबै खेल जितेर शीर्षस्थान कब्जा गरेको थियो । क्वाटरफाइनलमा उसले बंगलादेशलाई १ सय ९ रनले हराएको थियो । अहिलेसम्म भारतले पहिले ब्याटिङको अवसर प्राप्त गर्दा प्रत्येकपल्ट तीन सय रनमाथिको स्कोर बनाएको छ । त्यस्तै अहिलेसम्म खेलेका सबै सात खेलमा प्रतिद्वन्द्वी टिमलाई अलआउट पारेको छ ।

भारत विश्वकपका पछिल्ला दस खेलमा लगातार विजयी रहेको छ र अहिले सर्वाधिक बलियो देखिएको छ । चार वर्ष अगाडि धोनीको भारतले अहमदाबादमा भएको क्वाटरफाइनलमा अस्टे्रलियालाई पाँच विकेटले पराजित गरेको थियो । चारपल्टको विजेता अस्टे्रलियाले अहिलेसम्म छपल्ट सेमिफाइनल खेलेको छ र सबै अवसरमा जित निकाल्न सफल रहेको छ । सन् १९७५ को पहिलो विश्वकपदेखि यो क्रम जारी रहेको छ ।

भारतका लागि अस्टे्रलियाको यो प्रभुत्व तोड्ने सबैभन्दा राम्रो अवसर सिड्नी क्रिकेट मैदान नै हुनेछ । ग्राउन्डम्यान टम पार्करले सेमिफाइनलमा पिचको व्यवहार कस्तो हुने हो भनेर सबैलाई खालि अनुमानको अवसर मात्र दिएका छन् । तर क्रिकेट सिजनको अन्त्यमा रहेको हुँदा पिचले आपmनो स्वाभाविक रूपमा गुमाइसकेको हुनेछ र त्यसैले यसले स्पिनलाई मदत गर्ने निश्चित छ । दक्षिण अपि|mकाका इमरान ताहिर र जेपी डुमेनीले स्पिन बलिङ आक्रमणबाट श्रीलंकालाई धराशायी बनाएका थिए ।

उनीहरूले संयुक्त रूपमा यही मैदानमा सात विकेट लिएका थिए । तर यसअघिका सबै खेलमा भने बलमाथि ब्याट हाबी रहेको छ । अस्टे्रलियाले श्रीलंकाविरुद्ध नौ विकेटमा ३ सय ७६ रन तथा दक्षिण अपि|mकाले वेस्ट-इन्डिजविरुद्ध पाँच विकेटमा ४ सय ८ रन बनाएको थियो । अस्टे्रलियाली प्रशिक्षक डरेन लेहम्यानले अनुमान गरेका छन्, दोस्रो सेमिफाइनलमा हाई-स्कोरिङ खेल हुनेछ ।

 'श्रीलंकाविरुद्धको खेलमा पिच जस्तो थियो, भोलि पनि त्यस्तै रहनेछ,' उनले भनेका छन् । दोस्रो सेमिफाइनलका लागि उपलब्ध ७० प्रतिशत टिकट भारतीय समर्थकले किनेको अनुमान छ । त्यसैले अस्टे्रलियाले घर बाहिर खेलेको अनुभव गर्न सक्नेछ । दोस्रो सेमिफाइनलको विजेताले आइतबार मेलबर्नमा हुने फाइनलमा अर्को सहआयोजक न्युजिल्यान्डको सामना गर्नेछ ।
Powered by Blogger.