Header Ads

आमा कुटेको झोंकमा छोराले बाबुको ज्यान लिए

कञ्चनपुर । कञ्चनपुरका एक युवाले आमालाई पिटेको भन्दै बाबुको हत्या गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५ का १७ वर्षीय अर्जुन आचार्यले ४५ वर्षिय बाबु हरिराम आचार्यको छुरा प्रहार गरी गएराति हत्या गरेका हुन् ।

 इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार गएराति घरयासी विवाद भएका बेला हरिरामले पत्नीलाई कुटपिट गरेपछि छोराले झोकमा आएर बुबाको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख युवराज भण्डारीले हत्यारालाई प्रहरीले आज बिहान पक्राउ गरेको बताए ।

पक्राउ परेका अर्जुनले प्रहरी समक्ष बाबुले मदिरासेवन गरी आमालाई पिटिरहेको अवस्थामा आफूले सम्झाउन खोज्दा नमानेपछि पहिलो चोटी पेटमा छुरा र दोस्रो पटक घाँटीमै छुरा हानेको बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बेलौरी प्रहरीले जनाएको छ ।
Powered by Blogger.