Header Ads

मिति: वि.सं.२०७१ साल चैत्र १२ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति तारिख, २०७१ साल चैत्र शुल्क पक्ष सप्तमी तिथि, चैत १२ गते बिहिवार अनुसार तपाईंको राशी यस प्रकार छ !

  • मेष (चू चे चो ला ली लु ले लो अ)

    Image Title प्रतिकूल समयको पनि भरमग्दुर सदुपयोग गरिने छ । आर्थिक कुरामा विवाद हुने ग्रह योग रहेको छ । सानो असावधानी ठूलो घातक परिणाम दिने वाला रहेको छ । मित्रतामा समास्या देखिने छ । ब्यापार घाटामा जानेछ । शारीरिक आलस्यताले सताउने छ ।
  • वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

    नसोचेको तर सकारात्मक परिणाम हात पर्नेछ । विवादित कुराको व्यवस्थापन गर्न सफल भइने छ । मान, सम्मान र प्रतिष्ठा बढ्ने छ । कार्यक्षेत्र सफल हुने योग रहेको छ । भूमि सम्बन्धी कारोवार सफल हुने र मित्रता बढ्ने छ ।
  • मिथुन (का कि कु घ ङ छ के को हा)

    सोचेको र गरेको काम नबन्दा मानसिक चिन्ता बढ्ने छ । समय आर्थिक रुपमा कमजोर रहेको छ । भूमि, वाहन सम्बन्धी कारोवार असफल हुनेछ । आफ्ना कमीकमजोरी लुकाउन अरु गल्ती गर्ने कोसिश नगर्नु होला । विवादमा परिने समय छ, बच्ने कोसिश गर्नुहोला ।
  • कर्कट (ही हु हे हो डा डि डु डे डो)

    अपरिचित व्यक्ति तपार्इको सहयोगी भएर आउने छन् । गुमेको धन हात लाग्ने छ । साहसिक कार्यमा लाग्ने सोच हावी हुनेछ । आफन्तको सहयोग पाइने छ । खेतीपातीको काममा लागे फाइदा मिल्ने छ । ब्यक्ति केन्द्रित स्वभाव प्रगतिमा बाधा दिने वाला रहेको छ ।
  • सिंह (मा मि मू मे मो टा टी टु टे)

    सामाजिक काममा लागिने छ । वृद्ध, वृद्धाको सेवामा लाग्ने प्रेरणा मिल्ने छ । आपसी कलह चिन्ताको बिषय बन्ने छ । सार्थक यात्रा सम्पन्न हुनेछ । गाडी वाहन सुख पाइने छ । रोक्किएका काम बन्ने छन् । मित्रहरुको सहयोगले नसोचेको काम बन्ने छ ।
  • कन्या (टो प पी पु ष ण ठ पे मो)

    विवादबाट टाढै रहेको बेश हुनेछ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । मातृभूमि प्रति केही गर्ने सोच पुरा हुनेछ । नयाँ कामको थालनी हुनेछ । घरमा केही नयाँ आशावादी कुराले उत्साहित बनाउने छ । कार्य क्षेत्र प्रवल रहने छ ।
  • तुला (र री रु रे रो ता ती तू ते)

    विवादित कार्यमा फसिने भय रहेको छ । न्यायिक कार्यमा हात नहालेको बेश हुनेछ । सामाजिक कार्यप्रति तपार्इको विश्वास गुम्ने छ । पारिवारिक कलहले कार्य गर्ने जाँगर मारेर ल्याउने छ । सोचहरु सपना जस्ता भएर आउने छन् ।
  • वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

    रमाइला र घमाइला प्रसङ्गमा रमिने छ । अरुलाई गरेको उपकार तपाईका लागि श्राप बनेर आउने छ । प्रेम सम्बन्ध बोझको रुपमा आउने खतरा छ । केही कमी पक्षको पूर्ति गरिने छ, तर दोष भने लाग्ने छ । ब्यापारिक काममा भने सफल भइने छ ।
  • धनु (य यो भा भी भू ध फा ढ भे)

    स्वास्थ्यमा खर्च होला । परिवारको असहयोगले तपार्इको सोच अधुरो रहने छ । मानसिक चिन्ताले सताउला । आर्थिक कुरामा पनि विवाद र किचलो हुनेछ । सानो गल्तिको ठुलो मूल्य चुकाउनु पर्ने देखिएको छ । सम्मानमा कटौती हुने योग रहेको छ ।
  • मकर (जो जा जी खी खू खे खो गा गी)

    विवादबाट मुक्ति पाइने छ । बिग्रेका काम बन्ने छन् । सामाजिक कार्यमा सम्मानित भइने छ । आफ्नो कला कौशलाताले अरुलाई आकर्षित बनाउन सफल भइने छ । साहित्य कला क्षेत्रमा गरेको लगानी उच्च प्रतिफल दिने वाला हुनेछ ।
  • कुम्भ (गू गे गो सा सी सु से सो द)

    आयस्रोत बढ्ने छ । अवसरको ओइरो नै लाग्ने छ । न्यायिक कार्यमा आफ्नो जित हुनेछ । भूमि सम्बन्धी कारोवार तपार्इको लागि सफल हुनेछ । व्यक्तिगत स्वार्थबाट टाढा रहने सके प्रतिष्ठा उँचा हुनेछ । सरकारी काम बन्ने योग रहेको छ ।
  • मीन (दि दू थ भ ञ दे दो चा ची)

    ब्यापार फस्टाउने छ । गुमेको धन हात लाग्ने छ । सबैको हित हुने आफ्नो कामले आफूलाई खुसी तुल्याउने छ । परिवारको सहयोग र सुझावले राम्रो कामको थालनी हुनेछ । राजनैतिक कार्यमा लागे पद पाइने छ । जागीरमा पदोन्नति हुने योग रहेको छ ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.