Header Ads

प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि एसिड प्रहार

काठमाडौ, चैत्र १२ । प्रेम अस्वीकार गरेको भन्दै ललितपुरमा एक युवतीमाथि एसिड हानिएको घटना सार्वजनिक भएको छ । काठमाडौंको बसन्पुरमा दुर्इ किशोरीमाथि एसिड हान्ने युवा पक्राउ परेपछि ललितपुरमा पनि युवती एसिड आक्रमणबाट पीडित भएको घटना बाहिर आएको हो ।
ललितपुरको च्यासल निवासी २२ वर्षीया अञ्जनता तण्डुकारलाई टिकाथलीका २१ वर्षीय अनुप रानाले माघ ८ गते साँझ पाटनको कृष्ण मन्दिर परिसरमा एसिड हानेका हुन् । एसिड हानिएपछि अञ्जना पाटन अस्पतालमा उपचार गरेर डिस्चार्ज भइससकेकी छन् ।

अञ्जनामाथि एसिड हानेको अभियोगमा प्रहरीले अनुपलाई चैत १० गते पक्राउ गरेपछि मात्रै यो घटना बाहिर आएको हो । महानगरी अपराध महाशाखा हनुमान ढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार पक्राउ परेका अनुपलाई मुद्धा चलाउन ललितपुर प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

जिल्ला अदालत काठमाडौंमा अनुपविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको जानकारी ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितले दिए ।
Powered by Blogger.