विहेपछि बेहुला डोलीमा आओस्, म आफ्नो बाइकमा आउछु
‘मैले त बुबालाई भनिकसकेकी छु कि उहाँले केटा पक्षलाई भन्नुपर्नेछ, विहेपछि बेहुला डोलीमा आओस्, म आफ्नो बाइकमा आउछु ।’
दिल्लीबाट इन्टेरियर डिजाइनकी विद्यार्थी प्रभाप्रित कौरले आफ्ना पितालाई यस्तो आग्रह गरिरहेकी छन् ।


विहेपछि बेहुलाको घर मोटरसाइकलमा जाने इच्छा राख्ने कौरलाई मोटरसाइकल चलाउन असाध्यै इच्छा लाग्छ । भारतमा मोटरसाइकल चलाउने सोख राख्नेहरुको संख्या बढ्दै जाँदा यसमा महिलाहरुको संख्या पनि बढ्दै गएको बीबीसीलार्इ उदृत गर्दै नयाँ पत्रिकामा खबर छ । यसैमहिना दिल्लीमा भएको एउटा बाइक र्यालीमा महिलाहरुको ठूलो संख्या सामेल थियो ।
पुरुषले जस्तै महिलाले पनि मोटरसाइकल चलाउनेको समूह नै बनाएका छन् । भारतमा रहेको एउटा समूहको नाम ‘द बाइकर्नी’ । यसको सुरुवात पूणेमा रहे उर्वशी पटेलले गरेकी हुन् ।उर्बशी भन्छिन्, ‘मलाई लाग्छ, सवै महिलाले बाइक चलाउनु पर्छ । यति ठूलो साधन एक्लै चलाउँदा एउटा आत्मविश्वास आउँछ ।’ ‘द बाइकर्नी’ समूहकी शबनम अकरम भन्छिन्, ‘ एक जना पुरुषले मैले बाइक चलाएकामा तारिफ गरे ।
मैले उनलाई जवाफ दिएँ, ‘म केटी हुँ त्यसैले तपाईले तारिफ गर्नु भएको हो, केटा भएको भए वास्ता गर्नु हुन्थेन ।’दिल्लीकी वकिल स्नेहा जैन जो रोयल एनफिल्ड चलाउँछिन्, भन्छिन्, ‘मोटरसाइकल चढ्दा मलाई छुट्टै स्वतन्त्रता मिलेजस्तो हुन्छ । मलाई लाग्छ, म जे पनि गर्न सक्छु ।’जैनजस्तै दिल्ली सहरमा बस्ने दिल्ली पुलिसकी इन्स्पेक्टर अनुराधा २८ वर्षदेखि मोटरसाइकल चलाईरहेकी छिन् ।
