Header Ads

गोमा एयरको दोश्रो नयाँ जहाज बुधबार त्रिभुवन विमानस्थल - फोटोफिचरसहित

काठमाडौ, चैत ४ । निजी विमान कम्पनी गोमा एयरको दोश्रो नयाँ जहाज नेपाल अवतरण गरेको छ । गोमा एयरले १९ सिट क्षमताको यात्रुवाहक LET410 UVP-E20 Turboprop जहाज ल्याएको हो । रजिस्ट्रेसन मार्क 9N-AKZ भएको सो जहाज बुधबार दिउसो काठमाडौं आइपुगेको हो । गोमा एयरले यो बिल्कुलै नयाँ (factory new) मल्टी इन्जिन टर्बोप्रोप जहाजबाट केही दिनभित्रै यात्रुवर्गका लागि सेवा सुरु गर्नेछ । चे

क गणतन्त्रमा निर्मित यो जहाज शनिबार (फागुन ३० गते) त्यहाँबाट उडेको थियो । गोमा एयरका क्याप्टेन आङ दोर्जी शेर्पा र निर्माता कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेगरले जहाज नेपालसम्म उडाएर ल्याएका थिए । यो जहाजले नागरिक उड्ययनका बाँकी प्रव्रिmया पूरा गर्नासाथ उडान सेवा सुरु गर्नेछ । गोमा एयरले हाल पहिलो ीभ्त्द्धज्ञण् मल्टी इन्जीन टर्बोप्रप जहाज र सिङ्गल इन्जिनका दुईवटा सेस्ना ग्रान्ड काराभान जहाजद्वारा दुर्गम तथा पहाडी क्षेत्रका लुक्ला, सुर्खेत, बाजुरा, रारा, डोल्पा, जुम्ला, जोमसोम र हुम्ला लगायतका एयरपोर्टमा नियमित एवम् चार्टर्ड हवाइ सेवा सञ्चालन गरिरहेको छ ।

दोश्रो जहाज थपेसँगै पोखरादेखि जोमसोम (मुस्ताङ) र हुम्डे (मनाङ) सेवा थेप्ने योजना गोमा एयरको छ ।‘हामीले पहिलोपटक LET410 जहाज नेपाल भित्राउँदा हाम्रा आदरणीय सेवाग्राही र उपभोक्तासँग छिट्टै दोश्रो जहाज भित्राउन गरेको वाचा आज पूरा भएको छ,’ गोमा एयरका अध्यक्ष विकास राणाले भने, ‘पहिलोLET410 को उडान अनुभवसँगै यात्रुहरुले दिएको सन्तुष्टिको अभिव्यक्तिले नै हामीलाई छोटो अवधिमा नै यो वाचा पूरा गर्न उत्साहित बनायो ।’

‘हामी दुर्गम क्षेत्रमा नै केन्द्रित भएर थप उडान गर्नेछौं र दुर्गम पहाडी क्षेत्रमा यात्रा गर्नेहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न केन्द्रीत हुनेछौं । दुई वटा नयाँ जहाज नेपाली आकाशमा थपिनुु गोमा एयरको मात्र नभई नेपाली हवाई उद्योगकै लागि गौरवको विषय हो,’ गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘हिजो विकल्प नहुँदा यात्रुहरुले पुराना जहाजमा यात्रा गर्नुपर्ने बाध्यता थियो तर अहिले आधुनिक जेटकै सुविधा र सुरक्षा विशेषता भएका जहाजमा यात्रुहरुले उडान भर्न पाउनुहुन्छ ।’

‘गोमा एयर नेपाली उड्डयन क्षेत्रमा उत्कृष्ट हुने प्रयासमा रहेको छ र यही लक्ष्य हासिल गर्न र हाम्रो सेवालाई विस्तार गर्न हामीले थप दुई वटा नयाँ LET410 जहाज खरिद गर्ने योजना पनि बनाएका छौं । त्यस दिशामा कार्य प्रारम्भ गरिसकेका छौं ।’ यसअघि असोज २३ गते गोमाले पहिलो LET410 मल्टी इन्जीन टर्बोप्रप जहाज नेपाल भित्राएको थियो र पछिल्लो चार दशकमा छोटा धावनमार्गमा सेवा सञ्चालन गर्न नयाँ हवाइजहाज भित्राउने नेपालको पहिलो विमान कम्पनी बनेको थियो ।

LET410 का दुई जहाज खरिद गर्नुअघि चेक गणतन्त्रमा निर्मित यस्तै (प्रोटोटाइप) जहाजले पोखरा–जोमसोम रुटमा २०७० मंसिर २२ मा र काठमाडौं–लुक्ला रुटमा २०७० मंसिर २५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसहित सफल परीक्षण उडान गरेको थियो । यी रुट नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुटमध्ये मानिन्छन् ।
इसा (EASA – European Aviation Safety Agency) द्वारा प्रमाणित LET410 UVP-E20 विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा छन् । यस्ता ३ सय ५० भन्दा विमानले विश्वका आकाशमा उडान भरिरहेका छन् ।
Powered by Blogger.