सभामुख नेम्वाङले बोलाएको शीर्ष बैठक निश्कर्षविहीन बन्यो
काठमाडौं, चैत ४ । सभाध्यक्ष सुवास नेम्वाङले बोलाएको शीर्ष बैठक बुधबार निश्कर्षबिना नै टुंगिएको छ। सिंहदरबारस्थित सभाध्यक्ष नेम्वाङको कार्यलयमा बुधबार मुख्य दलका शीर्ष नेताहरुको दुई घन्टा लामो बैठक बसे पनि कुनै विषय वा प्रकियामा सहमति हुन सकेन।
दलहरुबीचको वार्ता भाँडिएपछि सभाध्यक्ष नेम्वाङको पहलमा शीर्ष बैठक बसेको हो। बैठकमा सभामुख नेम्वाङले संविधानसभालाई लामो समयसम्म अन्योलमा राख्न नहुने बताउँदै एउटा निश्कर्ष पुग्न दलहरुलाई आग्रह गरेका थिए। तर दलका नेताहरु आपसी दोषारोपण र पुरानै अडानमा अल्झिएका थिए। बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफल राम्रो भए पनि कुरा केही नमिलेको बताए।

‘सभामुखको भावना राम्रो छ तर सत्तापक्षको नियत ठीक देखिएन। सत्तापक्षले संविधानसभालाई पनि संसद् बनाउन खोजेको छ। संविधानसभा संसद्जस्तै भयाे भने हामी त्यहाँ बस्नुको कुनै अौचित्य छैन। हामी छोड्नसक्छौ, प्रचण्डले भने, सत्तापक्षको यही ताल हो भने हामी संविधानसभा छोड्न पनि सक्छौं।’ एक महिनादेखि स्थगित संविधानसभा कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्न सभाध्यक्ष सुवास नेम्वाङले बुधवार दलका शीर्ष नेताहरुको बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र अग्नी खरेल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेताहरु सहभागी छन्। संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेश गरेपछि दलहरुबीच सहमतिका लागि माघ २९ देखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित हुंदै आएको छ।
नागरिक समाज र दलहरुको आग्रहमा संविधानसभा स्थगित गरिएपनि सहमतिबाट परिणाम ननिस्केपछि नेम्वाङले शीर्ष नेताहरुसँग बैठक गरेर कसरी अघि बढने भन्ने निर्णय लिन खोजेका हुन। ‘संविधानसभाले अब के गर्नुपर्छ भनेर नेताहरुको मुखबाट सुन्न चाहन्छु,’ नेम्वाङले भने,’बैठक के हुन्छ भनेर जनताले मलाई सोधिरहेका छन। नेताहरुले त्यसको जवाफ दिनुपर्छ।’