Header Ads

यस्तो रहेछ तनुश्रीको ग्ल्यामर्स - फोटोफिचरसहित

बलिउड अभिनेत्री तथा मोडल तनुश्री दत्ताको जन्म १९ मार्च १९८४ मा भएको हो । उनले पुणे युनिभर्सिटीबाट ग्रैजुएशन गरेकी छन् । सन् २००४ मा उनले मिस इन्डिया युनिभर्सको उपाधि हात पारेकी थिइन् । आशिक बनाया आपने चलचित्रबाट लाइम लाइटमा आएकी तनुश्री बलिउडमा खाश कमाल गर्न भने सकिनन् । चकलेट, ढोल, सास बहु र सेंसेक्स जस्ता केह चलचित्रमा उनले काम गरिन् । गत ७–८ वर्षमा उनले जम्मा १५ वटा चलचित्रमा काम गरेकी छन् । जसमा १३ वटा हिन्दी फिल्म छन्। तनुश्री दत्ताले चलचित्रका साथै केही विज्ञापन र म्युजिक भिडियोमा पनि देखा परिन् । यसका साथै उनी बंगाली रियलिटी शो ‘होई हुलोद’ मा पनि देखा परेकी थिइन् । तनुश्रीले हैरी आनन्दको एल्बमको गीत ‘सैंया दिल में आना रे’ मा पनि काम गरेकी छन् । -एजेन्सीको सहयोगमा






Powered by Blogger.