Header Ads

नाम्चेबजार ल्याउदै गरेको अवैध ३२० लिटर मदिरा नष्ट

सोलुखुम्बु । सोलुखुम्बुको नाम्चे क्षेत्रमा अवैधरुपमा बिक्रीको लागि ल्याइएको घरायसी उत्पादनको मदिरा ईलाका प्रहरी कार्यलयको चेक पोस्ट नाम्चेले नष्ट गरेको छ ।

 ईलाका प्रहरी कार्यलय नाम्चेले जारी गरेको सुचनाको बेवास्ता गरी नाम्चे क्षेत्रमा बिक्रीको लागि ल्याईएको सो मदिरा ईलाका प्रहरी कार्यलयको पर्यटन चेक पोस्टमा खटिएको प्रहरी टोलिले पटक पटक गरी नियन्त्रणमा लिएको हो ।

 प्रहरीले बरामत गरेको १४ जनाको ३२० लिटर घरायसी मदिरा स्थानिय बुद्धिजिवी, सिमा प्रशासक, गा. वि. स सचिव, सामुदायिक प्रहरी सेवा केन्द्र, आमा समुह र स्थानिय युवा समुहको रोहवरमा ईलाका प्रहरी कार्यलयको पर्यटन छेक पोस्टमा गत १५ गते उक्त मदिरा नष्ट गरीएको इलाका प्रहरी कार्यलय नाम्चेका प्रमुख राम काजि थामीले जानकारी दिनुभयो ।

 पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकीय सिजन सुरु भएसंगै त्यहाँको सुरक्षालाई मध्यनजर गर्दै मदिरा जन्य पदार्थको उत्पादन र बिक्रिमा ईलाका प्रहरी कार्यलयले सुचना जारी गरी रोक लगाएको थियो ।

 यस सिजनमा कामको सिलसिलामा विभिन्न प्रकारका मानिसहरुको आगमन हुने र मादक पदार्थ सेवन गरी अप्रिय घटना घट्न सक्ने भएको उक्त मदिरा जन्य पदार्थ बिक्रि तथा उत्पादनमा रोक लागाएको इलाका प्रहरी नाम्चे प्रमुख थामिले बताउनु भयो ।
Powered by Blogger.