Header Ads

डा.केसी भन्नुहुन्छ मलाई कति झुलाउनुहुन्छ ? माग पूरा भएन भने सरकार ढल्छ ! -डा.केसी

काठमाडौं । चिकित्साशिक्षामा सुधारका लागि दस दिनदेखि अनशन बसिरहेका डा। गोविन्द केसीका मागमा लचिलो बन्दै सरकारले मंगलबार दिनभरि उनीसँग वार्ता गरे पनि अबेर रातिसम्म कुनै सहमति हुन सकेन। पटकपटकको वार्ता विफल भएपछि आक्रोसित बनेका डा।

केसीले आफूलाई झुलाउनुको गम्भीर असर सरकारलाई पर्ने चेतावनी दिए। वार्ता विफल भएपछि अबेर राती शिक्षण अस्पतालबाट फर्केका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गोविन्द पोखरेलसँग टेलिफोन आक्रोसित हुँदै डा।केसीले भने, मलाई प्रधानमन्त्री सुशील कोइरालले थाङनामा सुताए, जथाभाबी सम्‍बन्धन दिने विश्वविद्यालयका पदाधिकारी र शिक्षामन्त्रीलाई बर्खास्त वा निलम्बन गर्ने मेरो माग पूरा भएन भने यही कारणले सरकार ढल्छ।

 नीति नबनाई नयाँ मेडिकल कलेजलाई स बन्धन नदिने निर्णय सरकारले गरे पनि जथाभाबी स बन्धन दिने त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नगरी अनशन नतोड्ने अडान केसीले राखेपछि कुनै सहमति हुन नसकेको हो। डा. केसीलाई मनाउन मंगलबार बिहानै शिक्षण अस्पताल पुगेका मु यसचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल मंगलबार राति ११ बजेसम्म अनशनस्थलमै थिए। सरकारले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट केदारभक्त माथेमा उच्चस्तरीय समितिको प्रतिवेदन आएर त्यसअनुसार नीति र कानुन नबनेस म नयाँ मेडिकल कलेजलाई स बन्धन नदिने निर्णय गरेको थियो।

 त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्न राखिएको मागलगायत सम्बन्धन र विद्यार्थी भर्नाका विषयमा छानबिन गर्न आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो। तर केसीले विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नै गर्नुपर्ने जिकिर गरेका थिए। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मेडिकल शिक्षामा देखिएका विकृति रोक्न मंगलबार सरकारलाई नौबुँदे निर्देशन दिएको छ।

निर्देशनमा मेडिकल कलेज स्थापनाका लागि आशयपत्र दिँदा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित विश्वविद्यालयसँग समन्वय गरी मेडिकल जनशक्ति र कलेजको आवश्यकताका आधारमा मूल्यांकन गरेर मात्र प्रदान गर्न भनिएको छ। दिनभरिका वार्तामा कुनै सहमति हुन नसकेपछि निराश डा। केसीले प्रधानमन्त्री सुशील कोइराला जनताका समस्याप्रति संवेदनशील नभएकाले आफूलाई भेट्नसमेत नआएको बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
Powered by Blogger.