Header Ads

राष्ट्रपतिको चीन भ्रमणबाट नेपालले फाइदा लिन सक्नु पर्ने परराष्ट्रविदहरुको भनाइ

काठमाडौ, चैत्र ११ । परराष्ट्र विद्धहरुले राष्ट्रपति डा. रामबरण यादवको आसन्न चीन भ्रमणबाट मुलुकले धेरै ठूलो अवसर पाउने भन्दै त्यसबाट फाईदा लिन सक्नु पर्नेमा जोड दिएका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा चीनका लागि पूर्व नेपाली राजदुत राजेश्वर आचार्यले राष्ट्रपति डा. रामबरण यादवको पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर भएकोले यसबाट धेरै फाईदा हुन सक्ने बताए । साक्षात्कारमा आचार्यले यो भ्रमणको क्रममा १५ मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता हुने भएकोले त्यहाँ नेपालसम्बन्धी अन्तर्राष्ट्रिय जिज्ञासा शान्त पार्ने र विश्वलाई नेपालप्रतिको ध्यान आर्कषित गर्ने महत्पूर्ण अवसर भएको बताए ।

त्यस्तै चीनका राष्ट्रपतिसँग पहिलो उच्चस्तरीय भोटवार्ता हुने भएकोले नेपाल र चीन विचको सम्बन्धको नयाँ कडी जोडन मद्दत पुग्ने विश्वास ब्यक्त गरे । उनले भने–बोआ फोरम नेपालको लागि गौरबको कुरा हो । यसले नेपाललाई महत्वपूर्ण एक्सपोजर दिन्छ । आचार्यले द्धिपक्षीय भ्रमण नभएपनि चीन र नेपालका समान चासोका विषयहरुमा कुरा हुने भन्दै चिनियाँहरुले प्रत्यक्ष नगरी ट्रयाक टु र पब्लिक तहबाट कुरा गर्ने भएकोले त्यसमा पनि ध्यान दिनु पर्ने बताए । उनले जियाङ्ग जेमिनपछि कुनै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको घटनाले नेपालको अपरिपक्व कुटनीतिललाई बाहिर ल्याएको भन्दै यो भ्रमणले भ्रमणको टुटेको श्रृंखलालाई जोडन सक्ने बताए । चीनकालागि पूर्व नेपाली राजदुत हिरण्यलाल श्रेष्ठले राष्ट्रपतिको चीन भ्रमण अन्तर्राष्ट्रिय समूदायसँगको पहिलो अन्र्तक्रिया हुने भन्दै यो सम्मेलनको बेला नेपालले नयाँ चासोका विषयहरु उठाएर विश्वको ध्यान आर्कषित गराउनु पर्ने धारणा राखे ।

उनले नेपालले दुई ठूला छिमेकीको विकासको दुष्प्रभाव रुपमा नेपालका हिमाल खतरामा पर्ने भएकोले मौसम परिवर्तन र सामाजिक आर्थिक विकासको कुरालाई उठाउनु पर्ने सुझा दिए । नेपालका राष्ट्रपति र चिनियाँ राष्ट्रपतिवीच भेटवार्ता हुने भएकोले त्यसमा द्धिपक्षीय सम्बन्ध पुनरावलोकन, केही सहयोग आदानप्रदानका कुरा र नेपालको राजनीतिक अवस्थाको विषयमा कुरा हुने भएकोले त्यसमा नेपालले प्रयाप्त तयारी गर्न सक्नु पर्नेमा जोड दिदै यो भ्रमणले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन सक्नु पर्ने बताए । चीनले नेपालको शान्ति, स्थायीत्व र समृद्धिमा सहयोग गरे पनि हस्तक्षेप नगर्ने उल्लेख गर्दै यद्यपि राष्ट्रपतिको यो भ्रमणको क्रममा संविधानको संरक्षकको नाताले जातीय राज्य भन्दा एकीकृत राष्ट्रियतामा चिनको हित हुने र तराईमा कम र हिमालमा किन धेरै प्रदेश जस्ता चासो हरु राख्न सक्ने अनुमान श्रेष्ठले ब्यक्त गरे । उनले भने–जातीय भन्दा एकीकृत नेकपा भए मात्र भारत र चिनको हित हुन्छ । यो कुरा भेटको क्रममा उठन सक्छ ।

नेपाल चीन र भारतलाई जोड्ने बाटो बन्न सक्नु पर्छ । उनले नेपाल विश्व बैंक र एसियाली विकास बैंक जस्ता सस्थाको सर्तमा थोपरिएको ऋणको धरापमा पर्न लागेको अवस्थामा चीनको पहलमा खुलेको एसियाली ईन्फ्राईन्स्ट्रक्चर बैंकले त्यसलाई कम गर्ने विश्वास ब्यक्त गरे । चीनका लागि निर्वतमान राजदुत टंक कार्कीले राष्ट्रपतिको चीन भ्रमणको समयमा बोआ सम्मेलनमा १५ मुलुकका राष्ट्रप्रमुखसँग भेटवार्ता हुने भएकोले यसले मुलुकको श्रीबृद्धि र आपसी समझदारी बढेर जाने भन्दै त्यसैक्रममा चीनका राष्ट्रपतिसँग हुने द्धिपक्षीय भेटवार्ताले दुई मुलुकवीचमा रहेको भ्रमहरु हटेर सम्बन्धमा सुमधुरता थपिने विश्वास ब्यक्त गरे । उनले चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने विश्वास ब्यक्त गर्दै यद्यपि संघीयताले नेपाललाई अप्ठ्यारो पारेको, तराईमा कम र आफूसँग सीमा जोडिएका क्षेत्रमा किन धेरै प्रदेश, संविधान कहिले बन्छ र नेपालको संविधान निर्माण र शान्तिप्रक्रियामा कस्तो सहयोग चाहिन्छ भन्ने जस्ता जिज्ञासा राख्ने बताए ।

कार्कीले नेपालका राष्ट्रपतिको यो भ्रमणले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बातावरण बनाउने भन्दै नेपालले आश्वास्त पार्न सके उनी नेपाल भ्रमणमा आउन सक्ने विश्वास ब्यक्त गर्दै त्यसलाई राष्ट्रपतिले संबोधन गर्न सक्नु पर्ने तर्क गरे । उनले आफू बनेपछि मात्रै अरु मुलुकसँगको सम्बन्ध विस्तार हुने भएकोले चीनको विकासबाट नेपालले सिक्न सक्नु पर्ने भन्दै नेपालले पहिला आफूलाई समृद्ध बनाउन आवशयक रहेकोमा जोड दिए । उनले चीनको विकासमा अरनिकोसहित धेरै नेपाली विज्ञहरुले योगदान दिएको ईतिहास स्मरण गर्दै यस्तो पुरानो र घनिष्ठ सम्बन्धबाट फाईदा लिन सक्नु पर्ने बताए । एकीकृत नेकपा माओवादीका नेता एवम विदेश मामिला जानकार राम कार्कीले सत्रु र मित्र दुबैलाई राम्रो सँग चिन्न सकेमात्रै सम्बन्ध घनिष्ठ बन्न सक्ने भन्दै चीन र भारतको पुल बनेर नेपालको विकास गर्ने कुरा वाईहात भएको तर्क गरे ।

उनले चीनले अरु भन्दा फरक आफ्नै मोडलले विकास गरेको उल्लेख गर्दै नेपालले पनि विकासको आफ्नै मौलिक मोडल बनाउनु पर्ने बताए । कार्कीले भने–अहिले नेपालसँग विकासको आफ्नै मोडल छैन । त्यसैले यसले ठूला ठूला लगानी ल्याउने र सम्झौता गर्ने हैसियत राख्दैन । राजनीति र अर्थतन्त्र एकै ज्यावलका दुई पाटा भएको र त्यसमा पनि राजनीतिको धारले मात्र काटन सक्ने भन्दै राजनीतिले स्पष्ट भिजन र दिशा निर्धारित नगरेसम्म केही नहुने उनले तर्क गरे । राजनीति अवरोध हटाएपछि मात्रै नेपालले ठूला ठूला लगानी र सम्झौता गर्न सक्ने भन्दै अहिलेको सक्रमणमा छिमेकीको धेरै सहयोग र चासो रहे कुरा विग्रिने तर्फ सचेत गराए । माओकै समयमा चिनमा बढी नियन्त्रण, सुरक्षा, आर्थिक समृद्धि भईसकेकोले विदेशी लगानी र मजदुरको उपयोग गर्दा नै चीनमा विकास भएको भन्दै नेपालमा जारी राजनीति सक्रमणले नयाँ नेतृत्व जन्माउने र त्यसले परिवर्तन ल्याउने दावी गरे ।

विदेश मामिला जानकार निश्चलनाथ पाण्डेले बोआ सम्मेलन नेपालका राष्ट्रपतिको धेरै मुलुकका राष्ट्रप्रमुख स्तरसँगको पहिलो भेटघाट हुने फोरम भएकोले यो नेपालबारे अन्तर्राष्ट्रिय समूदायलाई बताउने महत्वपूर्ण अवसर भएको बताए । उनले भने–बोआ सम्मेलनले अन्तर्राष्ट्रिय एक्सपोजर दिन्छ । कुन्मिङ्ग एक्सपोले दक्षिण एसिया र चीनको आर्थिक सम्बन्ध विस्तारमा भूमिका खेल्छ । सिल्क रोडमा समावेश हुन सके फाईदा लिन्छ र ईन्फ्रास्ट्रक्चर बैंकले पनि भूमिका खेल्छ । चीन दोस्रो ठूलो अर्थतन्त्र भएकोले त्यहाँका पर्यटक भित्राउन नेपालले तत्कालको लागि भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अपग्रेट गर्नु पर्ने आवश्यकता औल्याए । चीन नेपालको लागनी साझेदार भएकोले सुरक्षाको चासो हुँदा हुँदै अब उसले लगानीको बातावरण पनि खोज्ने भन्दै यसतर्फ नेपालले सोच्नु पर्ने आवश्यकता औल्याए ।

पाण्डेले राष्ट्रपतिसँगको भेटवार्तामा चीनले नेपालको संघीयता, संविधान निर्माण र लगानी सुरक्षाको विषयमा चासो राख्ने विश्वास समेत ब्यक्त गरे । चीन मामिलाका जानकार हरिशचन्द्र साहले दुई ठूला छिमेकीको विकासबाट फाईदा लिएर कसरी नेपालको विकास गर्ने भन्ने नेपालको चासो हुनु पर्ने भन्दै चीनसँग जटिबुटी, विद्युत र पर्यटकको कारोवारमा नेपालले ध्यान केन्द्रीत गरेर कुरा गर्नु पर्ने सुझाव दिए । उनले नेपाल र चीनको सम्बन्ध हजारौ वर्षदेखि सुमधुर रहँदै आएको चीन आफै अप्ठ्यारोमा पर्दा समेत सहयोग गरेको स्मरण गर्दै चीनको विकासबाट फाईदा लिने रणनीति तय गर्न लाग्नु पर्ने बताए ।
Powered by Blogger.