Header Ads

अर्थमन्त्री महत चढेको गाडीमा माओवादी विद्यार्थीबाट आक्रमण

कास्की, चैत्र ११ । अर्थमन्त्री रामशरण महत चढेको गाडीमाथि एकीकृत नेकपा माओवादी समर्थित विद्यार्थीले आक्रमण गरेका छन् ।

मन्त्री चढेको बा १३ च २५१ नम्बरको गाडीमाथि विद्यार्थीहरुले पोखराको सिम्पानीमा आक्रमण गरेका हुन् । पोखराबाट कास्कीको सल्यान गाउँ बुधबार आयोजित एक कार्यक्रममा जाँदै गरेका मन्त्री महतको गाडीमाथि बिहान साढे ११ बजे तिर लुकेर बसेका विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।

ढुंगा प्रहारबाट अर्थमन्त्रीलाई भने केहि भएको छैन । गाडीमा सामान्य क्षति पुगेको कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिनुभयो ।

प्रहरीले मन्त्री महतको गाडीमा ढुंगामुढा गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा क्षितिज, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका नेताहरु लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाइँ, दिनेश पौडेल र विशाल गुरुङलाई पक्राउ गरेको छ ।

३० दलीय मोर्चाको सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने निर्णयअनुसार विद्यार्थीले कालोझन्डा देखाउन खोजेको तर सो असफल भएपछि ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ ।
Powered by Blogger.