Header Ads

पत्याउनै गाह्रो :के अचम्म हो, घर किन्दा श्रीमती फ्री !

एजेन्सी । इन्डोनेसियामा एउटा घर विक्रीको विज्ञापन अहिले तिब्रताका साथ भाइरल भइरहेको छ। यसको पछाडि विचित्रको कारण छ ।

किनभने विज्ञापनमा घर विक्रीको कुरा मात्र उल्लेख छैन । घर बेच्ने महिलाले घर किन्नेसँग विवाह गर्ने प्रस्ताव पनि राखेकी छन् ।

अर्थात घर किने पछि श्रीमती फ्री । भएन त कमालको अफर । त्यसो त इन्टरनेटमा राखिएको यो विज्ञापन आम विज्ञापनजस्तो होइन । जसमा लेखिएको छ कि घरमा दुई बेडरुम, दुई वाशरुम, पार्किङ स्पेस र एउटा फिस पान्ड पनि छ।

यसमा विशेष कुरा घर किन्नेलाई ‘विशेष अफर’ को नाममा एउटा अर्को वस्तु पनि दिने उल्लेख छ। विज्ञापनमा भनिएको छ–जब तपाई घर किन्नु हुनेछ तब तपाई घर मालिक्नी विना लियासँग विवाह पनि गर्न सक्नुहुनेछ ।
विज्ञापनमा विनाको तस्वीर पनि राखिएको छ। ४० वर्षीया विना विधवा हुन् । उनी ब्युटी पार्लर संचालन गर्छिन् । हो, यस खरिदविक्रीमा केही नियम र सर्त भने लागु हुनेछ ।
Powered by Blogger.