आमालाई तीन वर्षसम्म थुनेर राख्ने कस्ता छोरा हुन ?
पाँचथर, फागुन २८ । मानसिक रोगी भन्दै तीन वर्षदेखि आमालाई घरमा थुनेर राख्ने छोराबुहारी महिलाको उद्धार गरिएको एक महिना बित्दा पनि सम्पर्कमा नआएको अधिकारकर्मीले बताएका छन् ।
पाँचथर आङ्सराङ् १ मेहेल्बोटेकी ५७ वर्षीया हरिमाया रिजाललाई अधिकारकर्मीले उद्धार गरे पनि उनका बारेमा जानकारी लिन अहिलेसम्म कोही नआएको उनीहरुको भनाई छ ।
पाँचथर आङ्सराङ् १ मेहेल्बोटेकी ५७ वर्षीया हरिमाया रिजाललाई अधिकारकर्मीले उद्धार गरे पनि उनका बारेमा जानकारी लिन अहिलेसम्म कोही नआएको उनीहरुको भनाई छ ।

फागुन ३ मा उद्धार गरिएकी रिजाललाई पहिले जिल्ला अस्पताल र अहिले महिला सेवा केन्द्रमा राखिएको मानवअधिकार तथा शान्ति कार्य समूह नेपाल पाँचथरका अध्यक्ष नेखनाथ खतिवडाले बताए । श्रीमानले दोस्रो विवाह गरेपछि परिवारको तिरस्कारमा परेकी उनी मानसिक रुपमा अस्वस्थ्य बनेको केन्द्रले जनाएको छ ।
खतिवडाका अनुसार रिजाल कान्छो छोरा दीपकसँग बस्दै आएकी थिइन् । उद्धार गरिएकी रिजालले आफूलाई बुहारी मीना भट्टराईले हेला गरेको गुनासो गरेको खतिवडाले बताए ।
उनले, भने ‘हामी पुग्दा दुइृतले घरको माथिल्लो तलामा उनलाई ताला लगाएर राखिएको थियो ।’ अन्नपूर्णपोस्ट् दैनिकमा खबर छ ।
