Header Ads

दक्षिण अफ्रिका र युएईबीच प्रतिस्पर्धा जारी

काठमाडौ, फागुन २८ । दक्षिण अफ्रिकाका कप्तान एबी डे भिलियर्स आफ्नो टोली उपाधिबाट केवल तीन जितले टाढा रहेको दाबी गर्न थालेका छन्। उनका अनुसार, दक्षिण अफ्रिका क्वार्टरफाइनलमा पुगिसकेको छ। थुप्रै अप्रत्यासित नतिजा निस्किए मात्र दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिने अवस्था छ। बिहीबार यूएईविरुद्व हुने समूहगत चरणको आफे अन्तिम खेल जिते दक्षिण अफ्रिका क्वार्टरफाइनलमा पुग्नेछ।

समूहको उपविजेता बन्ने सम्भावना बढ्ने छ। क्वार्टरफाइनल अघिको आफ्नो अन्तिम खेल भएकाले दक्षिण अफ्रिकाले आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याउनु पर्ने चुनौति पनि छ। समूहगत चरणमा पाँच खेल खेल्ने क्रममा दुई खेल हारेकाले दक्षिण अफ्रिका फेरि पनि ‘अभागी्’ टोली बन्ने हो की भन्ने आशंका बढ्दो छ। पहिलो हारमा दक्षिण अफ्रिकाले भारतविरुद्व कमजोर ब्याटिङ ग:यो। दोस्रो हारमा पाकिस्तान विरुद्व पनि ब्याटिङ नै कमजोर बन्यो।

विश्वकपमा दक्षिण अफ्रिकी टोली पाकिस्तान र भारत दुवैसँग पहिलोपटक पराजित भएको थियो। पाकिस्तानसँग खेल्नुअघि लगातार दुई खेलमा दक्षिण अफ्रिकाले चार सयभन्दा बढी रन बनाएको थियो। कप्तान डे भिलियर्स लगातार उत्कृष्ट पाली खेलिरहेका छन्। उनी टोलीको ‘वन म्यान आर्मीÓ झैं देखिएका छन्। लक्ष्य पछ्याउँदा दबाबमा आउने विगतको समस्या यसपटक पनि दक्षिण अफ्रिकाको सुधार्नै पर्ने पक्ष बनेको छ। दक्षिण अफ्रिकाको बलिङ भने उत्कृष्ट छ। तेज बलरहरू डेल स्टेन, कायल एबट र मोर्ने मोर्केलले राम्रो प्रदर्शन गरिरहेका छन्। स्पिनर इमरान ताहिरको प्रदर्शन पनि उत्कृष्ट छ।

मोर्केलले प्रतियोगितामा ११ विकेट लिएका छन्। अन्तिम दुई खेल खेल्न बाँकी छँदै पहिलो चरणबाटै बाहिरिने निश्चित भइसकेको यूएईका लागि अबका खेलमा प्रभाव देखाउनु नै एकमात्र लक्ष्य हुनेछ। ‘हामीले केही खेलमा राम्रो प्रदर्शन गर्‍यौं। सबै खेल हारे पनि हामीले धेरै कुरा सिकेका छौं। आगामी दुई खेलमा हामीसँग पनि राम्रा क्रिकेटर छन् भन्ने पुष्टि गर्न चाहन्छौं’, १९ वर्षपछि विश्वकपमा सहभागी भएको यूएईका कप्तान मोहम्मद ताउकिर भन्छन्। यूएईका मध्यक्रम ब्याट्सम्यान साइमन अनवरले जारी विश्वकपमा एक सतक र दुई अर्धसतक बनाएका छन्।

विश्वकपमा यसअघि यी दुई टोलीबीच एकपटक मात्र भेट भएको थियो, जसमा दक्षिण अफ्रिकाका गेरी क्रिस्टनले सर्वाधिक रनको पाली खेलेर कीर्तिमान बनाएका थिए। सन् १९९६ को विश्वकपमा क्रिस्टनले यूएईविरुद्व एक सय ८८ रन जोडेर बनाएको कीर्तिमानलाई जारी संस्करणमा वेस्ट इन्डिजका क्रिस गेलले तोडेका थिए। यतिबेला दक्षिण अफ्रिकाका कप्तान डे भिलियर्स उच्च लयमा रहेकाले आफूविरुद्व कीर्तिमान बन्ने डर पनि युएईलाई छ। डे भिलियर्सको नाममा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धसतक, सतक र एक सय ५० रन पुरा गर्ने खेलाडीको कीर्तिमान छ। - एजेन्सी
Powered by Blogger.