Header Ads

राष्ट्रपति डा. रामवरण यादव आज चीनको एक साता भ्रमणको लागि जादै

काठमाडौं, चैत्र १२ । राष्ट्रपति डा. रामवरण यादव आज चीनको एक साता भ्रमणको लागि त्यसतर्फ प्रस्थान गर्दे छन्।

चीनको हाइनान प्रान्तमा हुने बोआओ फोरम फर एशीया सम्मेलनमा सहभागि हुन १८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। राष्ट्रपति डा. यादवले सो अवसरमा चीनीयां राष्ट्रपति सि जीनपिङलगायतका चीनया अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

 जीनपीङसंगको द्विपक्षीय भेटवार्तापछि चीनले ९ संय मिलियन चीनीया यूआनको विकास सहायता नेपाललाई दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयका निमित्त सचिब शंकर बैरागीले जानकारी दिए।

 त्यस्तै आगामी पाँच बर्ष भित्र १५ संय सरकारी अधिकारीहरुलाई विभिन्न तालिम प्रदान गर्ने सम्बन्धी घोषणा समेत चीनले गर्ने भएको छ।
Powered by Blogger.