Header Ads

आँखामा खुर्सानीको धुलो हालेर बैंकको करोडौं लुटियो

नयाँ दिल्ली, फागुन २६ । भारतको पञ्जाबस्थित मोहालीमा एक लुटेरा समूहले बैंकको क्यास भ्यानबाट करोडौं लुटेका छन्। क्यासिएर समेत सवार क्यास भ्यानका ड्रार्इभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेर कार दुर्घ६ना गरार्इ लुटेरा समूहले एक करोड ३४ लाख भारतीय रुपैयाँ सोमबार लुटेका हुन्।

पञ्जाबको मोहालीस्थित दुरेलाको नजिकै रहेको भारतको चर्चित एक्सिस बैंकको क्यास भ्यानबाट सो रकम लुटिएको हो। प्रहरीका अनुसार क्यास भ्यानमा रकम लिएर रकम लिएर सुरक्षागार्डको साथमा क्यासिएर चंडिगढको सेक्टर ३४ बाट सोमबार बिहान १० बजे पञ्जाबकै बनुआरका लागि हिँडेका थिए।

 उनीहरु बीच बाटोमा पुगेपछि गाडीमै सवार करिब ८/९ जनाको समूहले उनीहरुलार्इ रोकको थियो। पुलिसका अनुसार लुटेराले पहिले क्यासिएर रहेको क्यास भ्यानको शिशा फुटार्इ ड्राइभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेका थिए।

 त्यसपछि क्यास भ्यानमा रहेको सिसिटिभी क्यामेरा फुटाएपछि उनीहरुले रकम लुटेका थिए। रकम लुटिएपछि पुलिसले लुटेराहरुको खोजी तीब्र पारेपनि हालसम्म कसैलार्इ पक्रन सकेको छैन। - एजेन्सी
Powered by Blogger.