Header Ads

१८ महिने बच्ची १४ घण्टासम्म पानीभित्र जिवितै

एजेन्सी । अमेरिकाको पश्चिमी राज्य युटामा एउटा नदीमा खसेको कारबाट एउटी बालिकालाई १४ घण्टापछि जिवितै उद्धार गरिएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो १८ महिनाकी बालिकालाई माझीहरुले कारको सिटमा उल्टो झुण्डिएको देखेका थिए । बच्चीलाई तत्काल साल्ट लेक सिटीको एउटा अस्पताल लगियो ।

जहाँ उनको अवस्थामा गम्भीर तर स्थिर रहेको बताइएको छ। बालिकाकी आमा २५ वर्षीया लिन ग्रोजबैक बताइएको छ। उनी स्प्रिंगभिले निवासी हुन् ।

उनलाई भने चालक सिटमा मृत फेला पारिएको छ। प्रहरीका अनुसार शुक्रबार स्थानीय समयअनुसार २२.३० मा यो कार पुलमा बनेको ब्यारियर तोडेर स्पेनिश फोर्क नदीमा खसेको थियो । प्रहरी र अस्पतालले बालिकाको नाम भने सार्वजनिक गरेको छैन । - एजेन्सीको सहयोगमा
Powered by Blogger.