Header Ads

बस चड्न लाग्दालाग्दै बसपार्कबाटै एक वृद्धको चार लाख लुटियो

नुवाकोट । नुवाकोटको बट्टारमा रहेको बसपार्कबाट एक बद्धको चार लाख रुपैयाँ लुटिएको छ । रसुवाको डाडागाउँ–७ खड्कुका ६३ वर्षिय हर्कबहादुर तामाङको साथबाट आज दिउँसो चार लाख रुपैयाँ लुटिएको हो ।

बट्टारमा रहेको नेपाल बंगलादेश बैंकबाट निकालेको तीन लाख र एक लाख आफ्नो साथमा भएको रकम लुटिएको पीडित तामाङ बताउनुभयो । बैंकबाट पैसा लिएर निस्केपछि एक अपरिचित युवकले ‘यहाँ भीड छ बस पाइँदैन, उता बसपार्कबाट बस चढौं’ भन्दै डेढ किलोमिटर पर बसपार्कसम्म हिडाएर झोलामा रहेको रकम लुटेर भागेको प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

बैंकको सीसी क्यामेराको फुटेज हेर्दा दिउँसो पौने १२ बजे बैंकबाट बृद्ध तामाङले रकम निकाल्दा केही शंकास्पद युवकले पछ्याएको नपाइएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितले बताएको हुलिया अनुसारको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

त्रिशूली थ्री बी आयोजनाबाट जग्गा अधिग्रहणको रकम उनले अर्को स्थानमा जग्गा खरिद गर्नका लागि बैंकमा लिन आएको पीडित तामाङले बताउनुभयो ।
Powered by Blogger.