Header Ads

काभ्रेका एमाओवादी नेता न्यौपाने मृत भेटिए

बनेपा, चैत १७ । एनेकपा (माओवादी) काभ्रेका जिल्लास्तरीय नेता तथा पूर्वलडाकु पदमकेशर न्यौपाने आज बनेपामा मृत अवस्थामा फेला परेका छन् ।

एमाओवादीको लाठी जुलुसमा सहभागी हुन सोमबार बनेपा आएका काभ्रेपलाञ्चोकको गौरी बिसौना देउपुर–३ निवासी न्यौपाने बनेपास्थित वेलकम गेष्टहाउसमा बास बसेका थिए ।

होटलको १०९ नम्बर कोठामा एक्लै बसेका न्यौपानेको कोठाबाट सिग्नेचर नामको मदिरा, खानेपानीको बोतल र कीटनाशक औषधिसमेत बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

उनका एक छोरा र एक छोरी छन् । एमाओवादी जिल्ला परिषद् सदस्यसमेत रहेका न्यौपानेका बारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्र विस्तृत कुरा खुल्ने प्रहरी निरीक्षक भारतीले बताउनुभयो ।
Powered by Blogger.