काठमाडौँ, फागुन १९ । आगामी होली पर्वका अवसरमा इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य नगर्न आह्वान गर्दै गृहमन्त्रालयले त्यसो गरेको पाइएमा कारबाही गरिने जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको स्वीकृतिबेगर त्यसो गरिएमा उक्त कार्य प्रचलित कानुन विपरीत हुने भएकाले कानुन नमिच्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।