वर्षाका कारण घर भत्कँदा ३ जनाको मृत्यु

मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया,उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात वर्षीया छोरी सविता छन् । प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ ।
घरको बाहिरी कोठामा सुतेका तीन छोरा कक्षा ६ मा अध्ययनरत शिवराज रोकाया, कक्षा ७ मा अध्ययनरत १३ वर्षीय प्रकाश र सात वर्षीय नाम नखुलेका छोरा बाँच्न सफल भएका छन् ।
आमाबाबुको निधनले उनीहरु बेसहारा भएका छन् । दुई तलाको कच्ची घर भत्किँदा गएराति ३ बजेतिर उनीहरुको घरभित्र दबिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
