श्रीमान कुटेर मार्ने कस्ती श्रीमती ? अन्तत यसरि पक्राउ परे
दाङ, फागुन २० । प्युठानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको तोरबाङ गाविस ४ मर्काबाङ निबासी ६३ बर्षका नरबहादुर पुनको हत्या गरेको आरोपमा प्रहरीले ५६ बर्षीया मनकली पुनलाई पक्राउ गरेको हो ।

फागुन १७ गते सोही गाविसको लाटापानीमा सामान्य विवाद हुँदा श्रीमती मनकलीले धकेलेर भिरबाट खसाई दिँदा घाइते भएका श्रीमानलाई पुन घरमा गएपछि कुटपिट गरेको प्रहरीले बताएको छ ।
सुरुमा घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर आएपछि घटना स्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा हत्या गरिएको आंशकामा श्रीमतीलाई हिजो पक्राउ गरेपछि उनले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । पक्राउ परेकी उनलाई कर्तव्य ज्यान सम्बधि मुद्दा चलाउने प्रहरीले बताएको छ ।
