Header Ads

सुटिका क्रममा झन्डै मृत्युको मुखमा पुगिनन् करिष्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले फिल्म ‘ट्रक ड्राइभर’ को सुटिङका क्रममा मृत्युको सन्निकट पुगेर पनि आफू बाँचेको बताएकी छन् । फिल्मको सुटिङका क्रममा झुक्किएर भीरबाट लडेको र बुटामा अड्किएर बाँचेको करिष्माले बताइन् ।

‘फिल्म ट्रक ड्राइभरको सुटिङका क्रममा दुर्घटनामा परेकी थिएँ । एउटा भीरजस्तो ठाउँ थियो । तल लो एंगलमा क्यामेरा राखेको थियो । सुसाइड एटेम्प्टको सिन दिनु थियो । विजय लामाले मलाई समाउनुपर्ने थियो ।

मलाई समाउनुको सट्टा उहाँ उल्टै ममाथि लड्न पुग्नुभो । हामी लडेर तलै पुग्यौं’, करिष्माले मृत्युबाट बालबाल बचेको पुरानो घटना स्मरण गर्दै आजको नयाँ पत्रिकासँग भनेकी छन्,‘भीरको बीचमा एउटा काटेको बुटा रहेछ ।

 ढाड त्यही बुटामा पर्यो । दुई खुट्टा माथि भए,सारी तलतिर भयो । त्यतिबेला मेरो ज्यानलाई जे पनि हुनसक्थ्यो । तर म सम्हालिए र बाँचे ।’
Powered by Blogger.