प्रियंकाले सुटुक्क १५ करोड लिइएको खुलासा
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री प्रिंयका चोपडाले अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गर्ने भएकी छन् । बलिउडका अलावा हलिउडमा समेत आफ्नो क्यारियर स्थापित गर्दै शिखर चढिरहेकी अभिनेत्री चोपडाले सो कामका लागि १५ करोड रुपैया समेत लिइसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
अमेरिकाको एक टिभी शो क्वाटिकोमा काम गर्ने भनेकी प्रियंकाले चालेको सो कदम त्यति बाहिर नआएपनि पछिल्लो समयमा भारतीय सञ्चारमाध्याम लगायतका मिडिया हाउसहरुले यसलाई महत्वका साथ प्रशारण गरिरहेका छन् ।
अमेरिकाको एक टिभी शो क्वाटिकोमा काम गर्ने भनेकी प्रियंकाले चालेको सो कदम त्यति बाहिर नआएपनि पछिल्लो समयमा भारतीय सञ्चारमाध्याम लगायतका मिडिया हाउसहरुले यसलाई महत्वका साथ प्रशारण गरिरहेका छन् ।

केही महिना अघि सो कार्यक्रमको विज्ञापनका लागि प्रस्ताव राखिएपनि पछिल्लो समयमा मात्र उनले त्यसमा आबद्ध हुने निर्णय लिइएको जनाइएको छ ।
अमेरिकाका थुप्रै टेलिभिजन च्यानलहरुले प्रसारण गर्ने सो विज्ञापनमार्फत बलिउडदेखि हलिउडसम्म थप प्रभाव पार्ने रफ्तारमा चोपडा रहेको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् ।