Header Ads

न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाको २ सय ९८ रनको चुनौती

काठमाडौ, चैत १० । जारी विश्वकप क्रिकेटमा मंगलबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २ सय ९८ रनको चुनौती दिएको छ।

टस जितेर ब्‍याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २ सय ९७ रन बनायो। डि एल नियम अनुसार घरेलु टोली न्‍युजिल्‍यान्डले नयाँ लक्ष्य पाएको हो। यसअघि वर्षाका कारण न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल बीचमै रोकिएकाले खेललाई ४३ ओभरमा झारिएको थियो।

खेल रोकिनुअघि हुनुअघि दक्षिण अफ्रिकाले ३८ ओभरको समाप्तिमा ३ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि फाउ डे प्लेसीसले १ सय ७ बलमा ७ चौका र एक छक्‍काको मद्दतले सर्वाधिक ८२ रन बनाए भने डेभिड मिलरले १८ बलमा ४९ रन बनाए।

यस्तै कप्तान एडिभि भिलियर्सले ४५ बलमा ८चौका र एक छक्‍का प्रहार गर्दै ६५ रन जोडे। दुवै टोली हालसम्म विश्वकपको सेमिफाइनलमा पुग्न सकेका छैनन्। त्यसैले जुन टिमले जिते पनि त्यो ऐतिहासिक हुने छ।

हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक र दक्षिण अफ्रिकाले तीनपटक सेमिफाइनलको यात्रा तय गरेका छन्।
Powered by Blogger.