जन्मदिने आमाले नै मार्न लागेपछि धनुषाकी आठ वर्षीया बालिका झापा प्रहरीको शरणमा
झापा, चैत १० । आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् ।
नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल बुबाको कुटाई सहन नसकेर घरबाट भागेर हिँडेको प्रहरीलाई बताएपछि उनी अहिले इलाका प्रहरी कार्यालय सुरुङ्गामा बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुबाको नाम प्रकाश र आफ्नी बहिनीको नाम खेमिया बताउने उनी चार दिनअघि झापा आए पनि सुरुङ्गा बजारमा सडक पेटीमा बस्दै आएको स्थानीयवासीले बताएका छन् । सडक पेटीमा बस्दै आएकी बालिकाले सोमबार साँझ प्रहरीलाई सुरुङ्गामा देखेपछि आफूलाई बचाउन आग्रह गर्दै उनी प्रहरीको शरण परेकी हुन् ।
उनले प्रहरीलाई आमा नभएको र घरमा चार वर्षीया बहिनी रहेको बताएकी छिन् । प्रहरीको शरण परेकी उनले भनेकी छिन्, “बुबा दिनहुँ रक्सी खाएर आउनुहुन्छ, अनि मलाई दिनहुँ कुट्नुहुन्थ्यो त्यही भएर घरबाट म भागेकी हुँ, मलाई बचाउनुहोस् सर !” मनिषाको भनाइअनुसार उनी धनुषास्थित एक होटलमा भाँडा माझ्ने काम गर्थिन् ।
होटलमा समेत उनलाई राम्रो काम नगरेको भन्दै हप्कीदप्की गर्न थालेपछि घरबाट भागेको मनिषाले बताइन् ।