फुङ्लिङ अग्निपीडितलाई शीघ्र राहत र बसोवासको व्यवस्था मिलाउन निर्देशन - प्रधानमन्त्री
काठमाडौँ, चैत १० । प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत र बसोवासको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
अग्निपीडितप्रति सहानुभूति प्रकट गर्दै प्रधानमन्त्रीले उच्च मनोबलका साथ राहत र पुनःस्थापनामा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय र सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवम् सामाजिक सङ्घसंस्थाहरुलाई अपिल गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले अग्निपीडितहरुलाई तत्काल राहत, बसोवास र पुनःस्थापनाका कार्र्यक्रम तुरुन्त आरम्भ गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कोइरालाले आवासीय क्षेत्रको विकास र भवन निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी आगलागीजस्ता आकस्मिक घटनाको क्षति घटाउनेतर्फ पनि सम्बन्धित निकायको ध्यान आकर्षित गराउनुभएको छ ।