Header Ads

अत्यावश्यक सामानविना नै आउँदै छ नेपाल एयरलाइन्सको जहाज

काठमाडौं, चैत १८ । आगामी वैशाखको पहिलो साता काठमाडौं आउने नेपाल एयरलाइन्सको नयाँ जहाज अत्यावश्यक ‘टुल्स’विना नै काठमाडौंतर्फ उडाउने तयारी गरिएको नेपाल एयरलाइन्सकै कर्मचारीहरुले दाबी गरेका छन् ।

एयरबससँग जहाज खरिद सम्झौता गर्दा कमिसनको लोभमा अत्यावश्यक ‘टुल्स’विनाको जहाज काठमाडौं ल्याउने भन्ने कागजातमा हस्ताक्षर गरेका कारण एयरबसको दोस्रो जहाज पनि रित्तै आउन लागेको हो ।

निगम स्रोतले भन्यो,‘एयरबसको जहाज खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएकोले अत्यावश्यक टुलबक्सविना नै काठमाडौंतर्फ आउन लागेको छ ।

काठमाडौं आउँदा बीच बाटोमा अवतरण गर्दा चक्का पञ्चर भएमा वा कुनै सामान्य समस्या आएमा अलपत्र पर्ने निगमकै अधिकारीहरु बताउँछन् ।

फ्रान्सबाट सीधै काठमाडौं आउन नसक्ने छोटो दूरीको जहाज भएका कारण बीचमा एक ठाउँमा अवतरण गरेर इन्धन भरेपछि मात्रै जहाज काठमाडौंतर्फ उड्नेछ । आजको आर्थिक दैनिकमा खबर छ ।
Powered by Blogger.