Header Ads

प्रधानमन्त्री र प्रचण्डलाई हात मिलाउन ऋषि धमलाले यसो गरे

काठमाडौ । पछिल्लो समयमा संवाद पनि गर्न नसकेका र एउटै मञ्चमा बस्न समेत नसकिरहेका प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार एउटै मञ्चमा देखिए । सन्दर्भ थियो, रिपोर्टर्स क्लब नेपालको १७ औ बार्षिक उत्सवको अवसरमा आयोजित विशेष कार्यक्रम ।

प्रधानमन्त्री कोइरालाले कार्यक्रममा आउन ढिला गरेपछि आफ्नो धारणा राखेर फर्किसकेका प्रचण्डलाई रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पुनः फर्काएर स्टेजमा ल्याई प्रधानमन्त्री कोइरालासँग हात मिलाउन लगाएका थिए ।

बाहिरिन हतार गरिरहेका प्रचण्डलाई धमलाले प्रधानमन्त्री आउँदै हुनुहुन्छ पाँच मिनेट बस्नुस भनि बाहिरिएका थिए । त्यहीवीचमा प्रचण्ड प्रज्ञाभवनबाट बाहिरिसकेका थिए । तर प्रधानमन्त्री आइसकेपछि बाहिर निस्किसकेका प्रचण्डलाई धमलाले प्रधानमन्त्री आइसक्नुभयो तपाई जसरी पनि आई दिनुपर्यो भनेर अनुरोध गरेपछि प्रचण्ड आफै निस्किएर मुल गेटमा आएका थिए ।

प्रधानमन्त्री र प्रचण्डको बीचमा त्यहाँ जम्काभेट भयो । उनीहरु सँगसँगै भित्र आए र दुबैलाई धमलाले एकै ठाँउमा राखेर हात मिलाउन लगाए र मिलेर संविधान जारी गर्न आग्रह गरे । -स्रोत/हाम्रो संदेशबाट
Powered by Blogger.