Header Ads

'डिभोर्स गर, विवाह गरौं पो भन्‍छन्' - रेखा शाह - भिडियो सहित

गीत गाउन थालेको २१ वर्ष भयो। नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएपछि विवाह गरेकी रेखा शाहका छोरा १५ वर्षको भइसके। तापनि रेखाको फिजिकल फिटनेस एवं स्टाइल टिजएजरको जस्तै लाग्छ। यही विशेषताका कारण उनलाई प्रेम प्रस्तावमात्रै होइन, विवाह गरौं भन्नेहरू प्रसस्त छन्। 'कतिले विवाह भएको छ कि छैन भनेर सोध्छन्। यति वर्षको छोरो छ भन्छु। बच्चा भएर के भयो र विवाह गरौं पो भन्छन्', रेखा भन्छिन्

 'द लाइन', 'स्मृति', 'आकृति' र 'रेखा' गरी चारवटा एकल एल्बम श्रोतामाझ ल्याइसकेकी उनी 'सिमसिमे पानीमा' बोलको गीतबाट चिनिएकी हुन्। २०४९ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीत सर्वाधिक चर्चित र सदाबहादर लोकगीतमा गनिन्छ। मलाई ग्ल्यामरस गायिका भनेको सुन्दा गौरव लाग्छ। मेरो बुझाइमा ग्ल्यामर भनेको मान्छेको स्टाइल, रिजनेस र अपियरेन्समा भर पर्छ। रेखाको लय तथा शब्द संकलन रहेको यस गीतलाई उनले नयाँ भर्सनमा म्युजिक भिडियोसहित हालै श्रोतादर्शकमाझ ल्याएकी छन्। डेढ महिनाको अवधीमा युट्युबमा एक लाख ६० हजारभन्दा बढीले हेरिसकेको यस भिडियोमा रेखाको सेक्सी र ग्ल्यामरस छवि छचल्किएको छ। वास्तवमा उनले म्युजिक भिडियो त्यस्तो बनाउन चाहेकी थिइनन्, तर बन्यो।

 तापनि उनी सन्तुष्ट भइन्। 'सायद मान्छेको जस्तै गीतको पनि भाग्य हुन्छ। सिमसिमे पानीमाको पनि यति हट भिडियो बन्न लेखेको रहेछ', रेखा थप्छिन्, 'कतिपयले यो म्युजिक भिडियो हेरेपछि बीपी कोइरालाको कर्नेलको घोडासँग तुलना गरेका छन्। म्युजिक भिडियो छायांकन गर्दा म गायिका होइन, मोडेल हुँ भन्ने अनुभूति गरेँ। नत्र त्यो रूपमा प्रस्तुत हुन गाह्रो हुन्थ्यो।' नेपाली सांगीतिक क्षेत्रमा ग्ल्यामरस गायिकाका रूपमा चिनिएकी उनी आफ्नो छविप्रति गौरव गर्छिन्। 'मलाई ग्ल्यामरस गायिका भनेको सुन्दा गौरव लाग्छ किनकि ग्ल्यामर भनेको मान्छेको स्टाइल, रिजनेस र अपिएरेन्समा भर पर्छ', उनी प्रस्ट्याउँछिन्। तर, आफूलाई फिट एन्ड फाइन राख्न उनी त्यति धेरै मेहनत भने गर्दिनन्। 'मान्छे स्लिम होइन स्वस्थ हुनुपर्छ।

शारीरिक रूपमा म जे छु, गड गिफ्ट हो। यत्ति हो, थोरै खान्छु र नियमित व्यायाम गर्छु', उनको भनाई छ। सिमसिमे पानीमाको पनि यति हट भिडियो बन्न लेखेको रहेछ', रेखा थप्छिन्, 'कतिपयले यो म्युजिक भिडियो हेरेपछि बीपी कोइरालाको कर्नेलको घोडासँग तुलना गरेका छन्। म्युजिक भिडियो छायांकन गर्दा म गायिका होइन, मोडेल हुँ भन्ने अनुभूति गरेँ। नत्र त्यो रूपमा प्रस्तुत हुन गाह्रो हुन्थ्यो।' एक सयभन्दा बढी गीतमा स्वर दिएकी रेखाले लोक, आधुनिक, पप, भजन सबै प्रकारका गीत गाएकी छन्। अहिले पनि चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको कक्षा लिइरहेकी रेखाले संगीतमै जीवन समर्पण गरेकी छन्। 'संगीतमा लगानी गरेर प्रतिफल नखोज्ने थोरै कलाकारमध्ये म एक हुँ', रेखा स्मरण गर्छिन्, 'गायिका बन्ने मेरो सानैदेखिको चाहना थियो तर गीत गाएर यहाँसम्म आइपुगिएला भन्ने लागेको थिएन। मलाई त बल्ल पो संगीत अलिअलि बुझ्न थालेजस्तो लाग्न भइरहेको छ।'स्रोत/http://annapurnapost.com/News.aspx/story/9400 बाट साभार !
Powered by Blogger.