Header Ads

जेम्स बोन्डको चर्चित फिल्म ‘टुमरो नेभर डाइज’ की नायिका नेपाल आउने

एजेन्सी । अप्रिलमा काठमाडौंमा हुन लागेको एफआईए स्पोर्टस् क्षेत्रिय कंग्रेसको अवसरमा जेम्स बोन्डको चर्चित फिल्म ‘टुमरो नेभर डाइज’ की नायिका नेपाल आउने भएकी छन् ।

नायिका मिचेल येओह २३ अप्रिलदेखि २५ सम्म हुने सो सम्मेलनमा नेपाल आउन लागेको जनाइएको छ । मिस मलेसिया बनिसकेकी मिचेल विश्वका ५० सुन्दर मानिसहरुमा छनौटसमेत भएकी थिइन् ।

५० बढी फिल्ममा अभिनय गरेकी मिचेल विश्व सडक सुरक्षा राजदुत पनि हुन् । उनको जन्म १९६२ अगस्ट ६ मा मलेसियामा जन्मेकी थिइन् ।
Powered by Blogger.