Header Ads

इच्छा विपरीत श्रीमती सगँ सहबास राख्दा बाबुराम खोरमा

श्रीमतीको इच्छाविपरीत सम्पर्क राखे त्यो बलात्कार हुने ! 
काठमाण्डौ । श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार गत ३ चैतमा उपाध्यायलाई पक्राउ गरिएको हो । श्रीमती रीता रिजालको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

उनीबीच एक वर्ष अघिमात्र विवाह भएको थियो। उजुरी दिने गोमाले आफ्नो नाम गोप्य राख्नुपर्ने भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको घटना बाहिर ल्याएको हो । समाचार आजको नयाँ पत्रिकामा छ। पक्राउ परेका बाबुरामले भने सहमतिमै सम्बन्ध राखिएको बताएका छन् ।

 मुलुकी ऐनको जबर्जस्ती श्रीमतीको इच्छाविपरीत शारीरिक सम्पर्क राखे त्यो बलात्कार हुने उल्लेख छ । जुन अपराधमा तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने कानुनी प्रावधान छ । -स्रोत/न्यूजअभियान बाट
Powered by Blogger.