यमनमा साउदी अरेवियाद्वारा सैनिक कारबाही सुरु
यमन, चैत्र १२ । यमनमा हुथी विद्रोही समूहले देश कब्जा गर्दै गएपछि साउदी अरेवियाले हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही सुरु गरेको छ।
अमेरिकामा रहेका साउदी अरेवियाका राजदूतले यमनमा शिया हुथी विद्रोही समूहविरुद्ध सैन्य अभियान सुरु गरेको बताएका हुन् ।
अमेरिकामा रहेका साउदी अरेवियाका राजदूतले यमनमा शिया हुथी विद्रोही समूहविरुद्ध सैन्य अभियान सुरु गरेको बताएका हुन् ।

राजदूत अब्देल अल जुबैरले राष्ट्रपति अब्दब्बुह मन्सुर हादीको वैद्य सरकारको रक्षाका लागि साउदी अरेवियाले सैनिक कारबाही सुरु गरेको जनाएको हो ।
इरानको समर्थन प्राप्त हुथी विद्रोहीले यमनमा विगत केही दिनदेखि आफ्नो पकड बलियो बनाएको छ । विद्रोहीको आक्रमणका कारण राष्ट्रपति हादीले राजधानी साना छाडिसकेका छन् । -एजेन्सीको सहयोगमा
