Header Ads

मोबाइल तथा घडी पसल चोरी गर्ने ५ जना बालकको समुहलाई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले मोबाइल तथा घडी पसल चोरी गर्ने ५ जना बालकको समुहलाई पक्राउ गरेको छ । यस्तै प्रहरीले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुको धनमाल लुट्नेलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । बौद्ध प्रहरीले फागुन २८ गते कपनको ओम काभ्रेली मोबाइल तथा घडी पसल चोरी गर्ने ५ जना बालकको समुहलाई पक्राउ गरेको छ ।

प्रहरीले १२ वर्षीय नोर्बु शेर्पा, १५ वर्षीय राहुल शेर्पा, १३ वर्षीय आषिश शाही र १६ वर्षीय तेन्जिङ् शेर्पालाई पक्राउ गरेको छ । यिनीहरुले रातको २ बजे रडको सहायताले सटर उप्काई मोबाइल तथा घडीहरु चोरी गरेको थिए । यस्तै प्रहरीले सार्वजनिक यातायातको साधनमा यात्रुको धनमाल लुटने सोलुखुम्बुका २८ वर्षीय ग्याल्जेन शेर्पालाई पनि पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानहरुमा शेर्पाले मोबाइल तथा नगद चोरी गरेको स्वीकार गरेका छन् । माइक्रो बस लगायतका अन्य सवारीमा यात्रा गर्नेको धनमाल चोरी गर्ने शेर्पालाई प्रहरीले चोरी भएका विभिन्न मोबाइल सेट र नगद सहित पक्राउ गरेको थियो ।
Powered by Blogger.