Header Ads

अभिनेत्री शिल्पा शेट्टीमाथि ठगी गरेको आरोपमा प्रहरी अनुसन्धान सुरु

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीमाथि धोकाधडी, ठगी र विश्वासघात गरेको आरोपमा प्रहरीले छानविन सुरु गरेको छ । कोलकातास्थित एक कम्पनीले अभिनेत्री शिल्पा शेट्टीविरुद्ध प्रहरीमा उजुरी दिएपछि छानविन सुरु गरेको हो ।

शिल्पा शेट्टीमाथि उनले संचालन गरेको एउटा कम्पनीले नौ करोड लगानी गर्न प्रलोभन दिएर धोका दिएको आरोप छ। एमके मिडिया प्रालिका अतिरिक्त निर्देशक देवाशीष गुहाले एसेन्सियल स्पोर्टस एण्ड मिडिया प्रालिका शिल्पा र रिपु सुदन कुन्द्राविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

पुलिस उपआयुक्त मरली धरले भने–हामीले विश्वासघात, धोकाधडी, जबरजस्ती असुली अपराधिक धम्की र अपराधिक षड्यन्त्र गरेको आरोपमा शिल्पा र उनको कम्पनीविरुद्ध उजुरी दर्ता गरेका छौ । उजुरीमा शिल्पा र अन्य मिलेर उजुरीकर्ता कम्पनीलाई दुई वर्षमा दश गुना रकम फिर्ता दिने झुठो प्रलोभन देखाएर ९ करोड भारतीय रुपैयाँ लगानी गर्न लगाएको उल्लेख छ।

प्रहरी अधिकारीका अनुसार उजुरीकर्ता कम्पनीले ९ करोड लगानी गरेपछि उनीहरुलाई तीस लाख शेयर दिने बताए पनि उक्त शेयर नक्कली देखिएको बताएका छन्। कोलकातास्थित कम्पनीले यसअघि ९ करोड रुपैयाँ फिर्ता गराउन माग गर्दै कोलकाता उच्च अदालतमा देवानी मुद्दा दर्ता गराएको थियो ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.