Header Ads

हेर्नुहोस जापानकी सुन्दरी बडी बिल्डर, दिनमा तीन घण्टा जिम गर्छिन् यिनले

एजेन्सी । धेरै मानिस सोचछन् कि भारी काम गर्दा महिलाको सुन्दरता कम हुन्छ । तर जापानकी एक महिलाले त्यसलाई गलत सावित गरिदिएकी छन् । जापानको ओशाका निवासी टोमोको कांडा सबैभन्दा क्युटेस्ट बडी विल्डरका रुपमा परिचित छिन् ।

टोमोकोले निकै मसल्स ग्रो गरेकी छन् । तर साथसाथै आफ्नो सुन्दरतालाई पनि कायमै राखेकी छन् । पहिलोपटक उनले २३ वर्षको उमेरमा बडी बिल्डिङ सुरु गरेकी हुन् । तर, चाँडै नै उनको तौल बढ्न थाल्यो । आफ्नो एक साथीको सल्लाहमा टोमोकोले वजन घटाउने काम सुरु गरिन् ।
उनले सबैभन्दा पहिला सन् २००२ मा एउटा बडी बिल्डिङ प्रतियोगितामा भाग लिइन् । फेरि २००४ मा दोस्रोपटक पनि सहभागी भइन् । टोमोको भन्छिन्–अहिले त कुनै दिन जिम गइनँ भने विचित्र अनुभव हुन्छ । टोमोकोको उमेर अहिले ४८ वर्ष भइसक्यो । उनी आफ्नो शरीरको रुपरंगका बारेमा भन्छिन्–यसमा सबैभन्दा ठुलो कन्ट्रिब्युसन डाइटको हो । आफ्नो सुन्दरता कायमै राख्नका लागि उनी खानेकुरामा विशेष ख्याल राख्छिन् । दिनको सुरुवातमा दुध र लस्सीबाट गर्छिन् । डाइट र जिमपछि उनी ब्युटीमा पनि विशेष ख्याल राख्छिन् । उनी भन्छिन्–मेरो कोशिस रहन्छ कि अधिकभन्दा अधिक मसल्स हासिल गर्नुका साथसाथै आफ्नो कर्भ्सलाई कायम राखे शरीरलाई सुन्दर बनाइराखौ ।
Powered by Blogger.