Header Ads

प्रहरीलाई सुराकी गरेको विवादमा साथीको हत्या

काठमाडौं,चैत १६ । ललितपुरको पुल्चोकमा भएको हत्याको रहस्य सात महिनापछि खुलेको छ । प्रहरीलाई सुराकी दिएकोसम्बन्धी विवादमा साथीले नै काभ्रे उग्रताराका प्रज्ज्वल खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न विशाल तामाङ भनिने लालबहादुर तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । गत ६ भदौमा कान्तिपुर एफएम अगाडि रहेको मकैबारीमा धारिलो हतियार प्रयोग गरी खत्रीको हत्या भएको थियो ।

 खत्री मोबाइल चोरी तामाङलाई बिक्री गर्ने व्यक्ति भएको र लालबहादुर पक्राउ पर्दा उनले खत्रीको नाम प्रहरीमा खोलिदिएका थिए । सोही आधारमा खत्री पनि गत वर्ष पक्राउ परेका थिए । त्यसै विषयलाई लिएर उनीहरुबीच विवाद भएको र झगडा हुँदा हत्या गरेको खुल्न आएको थियो ।

हत्याको भोलिपल्ट तामाङ मुम्बई भागेका थिए । उनी शुक्रबार मात्रै नेपाल फर्किएकोमा प्रहरीले भोलिपल्टै सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीले पहिले नै उनको संलग्नता पत्ता लगाए पनि उनी भारत भागेपछि पक्रन सकेको थिएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.