पशुपतिले ज्योतिलाई ‘दोहोरी गाउने, नाङ्गै हिड्ने’ भनेपछि तनाब…
काठमाडौं । लोक गायक पशुपति शर्माले गायिका ज्योति मगरलाई लोक गीत गाउने भए छोटा लुगा नलगाउन आग्रह गरेका छन् । पछिल्लो समय स्टेज कार्यक्रममा देखिएको ज्योतिको हर्कतले गर्दा उनको जवानीप्रति चिन्तित हुदै पशुपतिले यसो भनेका हुन् ।
उता ज्योतिले भने पशुपतिको आगमनले तीजका गीत बिग्रेको ठहर गरेका छन् । पुरुष भएर पनि तीजमा कस्ले भन्यो रट्यौली गीत गाउन भन्दै उनले पनि गायक पशुपतिमाथि प्रश्न खडा गरेका छन् ।
गायक पशुपति र गायिका ज्योतिले एकअर्काको कमी कमजोरीलाई गीतमार्फत प्रस्तुत गर्दै ठट्यौली रोईला गीत बजारमा ल्याएका छन् ।

गीतले पशुपति र ज्योतिको सुमुधुर आवाज रहेको छ ।
‘म नि कम्ता छैन’ बोलको रोईला गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । दरबार रोधी घरमा छायांकन गरिएको भिडियोमा पशुपति शर्मा, रमेशराज भट्टराई र ज्योति मगरलाई फरक शैलीमा देखाईएको छ । उनीहरु एकआपसमा दोहोरी खेलिरहेका छन् ।
बब्बु थापाको निर्देशन रहेको यस गीतमा दुर्गा पौडेलको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ । म्युजिक भिडियोलाई एकता फिल्मस् प्रा. लिले निर्माण गरेको हो ।