Header Ads

भारतीय सेनाले सकेन जहाज हटाउन, प्राविधिक टोली टर्कीबाटै आउने

काठमाडौं, फागुन २३ । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको टर्किज एयरलायन्सको विमान धावन मार्गबाट निकाल्न भारतीय एयर फोर्स असफल भएको छ ।

तीनदिनको निरन्तर प्रयासपछि पनि भारतीय सेनाले विमान धावन मार्गबाट निकाल्न नसकेपछि विमान निकाल्नका लागि टर्कीबाटै प्राविधिक टोली आउने भएको छ । सो टोली नेपाल आइपुग्न सात घण्टा समय लाग्ने बताइएको छ । भारतीय एयर फोर्सले तीन दिनमा केही काम गरे पनि विमानलाई धावन मार्गमा निकाल्न सकेको छैन । विमान झार भएको ठाउँमा फसेको हुँदा निकाल्न कठिनाई भएको बताइएको छ । विमान निकाल्नका लागि टर्किस एयरलायन्सले टर्कीबाटै आजै प्राविधिक टोली मगाएको छ ।

सो टोली नेपाल आइपुग्न समय लाग्ने र विमान निकाल्न पनि थप समय लाग्ने भएको हुँदा उडान सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । मंगलबारभन्न्दा अगाडि उडान हुन नसक्ने अनुमान विमानस्थल स्रोतले गरेको छ ।
Powered by Blogger.