Header Ads

चट्याङले एकै परिवारका दुईको मृत्यु

चरिकोट, चैत १६ । दोलखाको दक्षिण भेगमा पर्ने मागापौवा गाविस–४ मा आज दिउँसो चट्याङ लाग्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६९ वर्षीया साहिँली तामाङ र उनकी नातिनी ११ वर्षीया फूलमाया रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमै बसिरहेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको बताएको छ ।
Powered by Blogger.