Header Ads

विश्वकप क्रिकेटमा संगकाराको विश्व कीर्तिमान

काठमाडौ । श्रीलंका तथा स्कटल्याण्डबीचको आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकन ब्याट्सम्यान कुमार संगकारा र तिलकरत्ने दिलशानले शातक प्रहार गरेका छन् ।

 एउटै विश्वकपमा लगातार चार शतक प्रहार गर्ने संगकारा पहिलो ब्याट्सम्यान बनेका छन् । दिलशानले ९९ बलमा १०४ रन बनाएर आउट भए । दिलशानले आफ्नो पारीमा १० चौका र एक छक्का प्रहार गरे भने संगकाराले आफ्नो शतकीय पारीमा आठ चौका र तीन छक्का प्रहार गरे ।

 दिलशानले ९७ बलमा शतक बनाए भने संगरकाराले आफ्नो शतक ८६ बलमा पूरा गरे । वनडे प्रतियोगितामा संगकाराको यो २५औं सेन्चुरी हो ।

 विश्वकप २०१५ मा संगकाराको शतक यस्तो छ : –
- बंगलादेशविरुद्धको खेलमा १०५ रन
 –इंग्ल्याण्डविरुद्ध ११७ रन
–अस्ट्रेलियाविरुद्ध १०४ रन

। एजेन्सी
Powered by Blogger.