Header Ads

मलाई आफ्नै अंकलले यौन दुव्र्यवहार गर्नुहुन्छ म के गरुँ ?

काठमाडौं । मलाई आफ्नै अंकलले यौन दव्र्यवहार गर्नुहुन्छ, मेरो परिक्षापनि आउँदैछ, तयारीका लागि अंकलको घरमै जानुपर्छ, यो अवस्थामा म के गरुँ ? घरेलु हिंसा एकदम डरलाग्दो हिंसा हो ।

आफुलाई आफ्नै अंकलले यौन दुव्र्यवहार गर्नुभएको छ भने घरका अन्य सदस्य को हुनुहुन्छ वहाँलाई भन्नसक्नुहुन्छ ।

आफुलाई यौन दुव्र्यवहार गरेको कुरा आफ्ना घरका अन्य सदस्यलाई भन्नुभयो भने तपाई यो समस्याबाट मुक्त हुनुहुन्छ कि रु यदि तपाई कसैलाई नभिन सहेरै बस्नु भयो भने तपाईआफैलाई झन् झन् समस्या थपिंदै जानसक्छ त्यसैले आफुसँग नजिक रहने घरका सदस्यलाई भन्दा तपाईको यो समस्या को सामाधान हुनसक्छ ।

 परिवार र निकटतम सम्बन्ध भएकाहरुकाबीच हुने हिंसा प्रायः घरभित्रको वातावरणमा धेरैजसो परिवारमा सदस्यहरु र निकटतम सम्बन्धीहरुबीच घट्ने गर्दछ ।

 यसमा बालबालिकाप्रतिको दुव्र्यवहार, किशोरकिशोरी माथिको दुव्र्यवहार, बुढाबुढीमाथिको दुव्र्यवहार तथा लोग्ने स्वस्नी माझ, सासु बुहारीमाझ, आमा बाबु र छोराछोरी माझ , ठूलो र सानो केटाकेटीमाझ, परिवारका अन्य सदस्यका माभ र एउटै लिंगका साथीहरुमाझ हुने हिंसा पर्दछन् ।

 (स्रोतः रेडियो अडियो, खुलदुली डटकम कार्यक्रम)
Powered by Blogger.