Header Ads

छात्रामाथि एसिड हान्ने व्यक्ति पक्राउ, आज सार्वजनिक गरिदै

काठमाडौँ । प्रहरीले काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमण गर्नेलाई पक्राउ गरेको छ । जीवन बिक नाम गरेको व्यक्तिलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी स्रोतले जनाएको छ।

यसअघि प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो। पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केच बनाएको थियो । आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो।

प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो। यही वर्ष एसएलसी दिने तयारीमा रहेका रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङगीता मगर एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् ।

सङ्गिताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङ्गल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ।
Powered by Blogger.