राष्ट्रपतिले भने,‘दस औंला जोडेर भन्छु,संविधान बनाउनुस्’
चितवन, चैत ६ । राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान बनेको हेर्ने जनचाहना पूरा गर्न दलका नेताहरुलाई आग्रह गरेका छन् ।
‘कुण्ठाले राष्ट्र बन्दैन,मिलेर हिँडौं,मुलुकलाई विकासमा अगाडि बढाऔं’ बिहीबार यहाँ सुरु नेपाल वार एसोसिएसनको १३ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने,‘यहीँबाट एमाओवादी,मधेसवादी,कांग्रेस,एमाले सबैलाई १० औंला जोडेर आग्रह गर्छु,मिलेर संविधान बनाउनुस् ।’
राष्ट्रपतिले ७५ वटै जिल्लाका कानुन व्यवसायीसित छलफल गरेर सहमतिको आधार निकाल्न आग्रह गरे । ‘सबै मिलेर अमृत निकाल्नुहोस्,’ उनले भने ,‘त्यो लगेर राजनीतिक दलका नेतालाई दिनुस्,जसले राष्ट्रहितमा निर्णय गर्न सकून् ।’
निकासका लागि दलहरुले विशेष गृहकार्य गर्नुपर्ने उनले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।