Header Ads

यी हुन् सीमा र संगीतामाथि ‘एसिड हान्‍ने’ युवा, ‘एसिड आक्रमणकारी’ पत्रकार सम्मेलनमै बेहोस

काठमाडौ, चैत ६ । काठमाडौंको बसन्तपुरको ट्युसन सेन्टरमा दुर्इ किशोरीलार्इ एसिड हान्ने युवालार्इ प्रहरीले सार्वजनिक गरेको छ । रामेछापको फुलासी गाविस-८ भएका २२ वर्षीय युवा जीवन विकलार्इ महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

लामो अनुसन्धानपछि उनलार्इ प्रहरीले भारतको सिक्किमबाट पक्राउ गरी ल्याएको हो । पक्राउ परेका युवा एसिड हानिकएका किशोरीहरु संगीता मगर र सिमा बस्नेत बस्ने घरैमा डेरा बस्दै आएका थिए । संगीता मगरको परिवारले जीवनमाथि शुरुबाटै शंका गर्दै आएको थियो ।

संगीता सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरुलार्इ एसिड हान्ने युवाको नाम जीवन भएको बताएकी थिइन् । रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं बसन्तपुरमा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन्। जीवनले संगीतालार्इ आफ्नो कोठामा ट्युसन पढ्न बोलाउने गरेका अनुसन्धानबाट खुलेको छ ।

संगीताले ट्यूसन पढ्न उनको कोठामा जान नमानेपछि जीवनले पटक पटक जिस्क्याउँदै आएको पनि खुलेको छ । आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्‍यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्।

संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। ट्युसन पढिरहेका किशोरीहरु संगीता मगर र सीमा बस्नेतलार्इ एसिड हान्ने युवा प्रहरीको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् । २० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।

२० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् । पत्रकार सम्मेलनमा ढलेपछि प्रहरीले उनलार्इ तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको छ । सम्मेलनमै बेहोस भएर ढलेका छन् । २० वर्षीय जीवन विक महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका हुन् । पत्रकार सम्मेलनमा ढलेपछि प्रहरीले उनलार्इ तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको छ ।
Powered by Blogger.