Header Ads

इन्टरनेटमा भाइरल भएको एउटी युवतीको विचित्रको बेहुला खोजी

एजेन्सी । भारतको कर्नाटक निवासी २३ वर्षीया इन्दुजा पिल्लाईले जब इन्जिनियरिङको पढाई पूरा गरिन अभिभावकमा उनको विवाहको विषयमा चिन्ता सुरु भयो । उनीहरु ज्वाईको खोजीमा जुटे । तर, अभिभावकद्वारा दिइएको ज्वाई खोजीसम्बन्धी विज्ञापनमा युवकहरुको विचित्र विचित्रका सर्त देखेपछि इन्दुजा आफैले एउटा वेभसाइट बनाइन् । उनले म्यारी डट इन्दुजा डट कम नामको वेभसाइट बनाएर विवाहको विषयमा आफ्नो जानकारी मात्र दिइनन् । बरु आफ्नो विवाहका लागि केही मापदण्ड पनि तयार गरिन् । साइट बनाएको दुई दिनमै यसमा २ लाख ३० हजार भिजिटर आए ।

उनको सामाजिक सञ्जालमा १ हजारले लाइक गरे । उनले भनिन्–‘मलाई लागेको थियो कि मेरो ब्लगमा भिजिटर आउने छैनन् । किनभने त्यहाँ पाठकका लागि खास केही पनि थिएन । मैले मेरो आलोचनाको अपेक्षा गरेकी थिएँ । तर यति धेरै रेस्पोन्सबाट म अभिभूत छु । यो वेभसाइटमा ठुलो संख्यामा पाठक बढेका छन् जति महिलाहरुले मलाई समर्थन गरेका थिएनन्, अहिले समर्थनमा आएका छन् । उनीहरुलाई मलाई आफ्नो लडाई जारी राख्न सुझाव दिएका छन् ।’ उनले भनिन्–‘म केवल २३ वर्षकी छु । म अहिले नै विवाहका लागि तयार छैन । मैले केवल संसार बुझ्ने सुरुवात गरेकी छु । मलाई आफ्नो जीवनका बारेमा केही अरु समय चाहियो । हाम्रो घर र समाजमा यदि कुनै युवती ३० वर्षभन्दा बढी भए विवाह हुँदैन भन्ने मान्यता छ।


आखिर यसप्रकारको टाइमलाइन सेट कस्ले गरेको हो ? इन्दुजाले भनिन्–उत्तर भारतबाट धेरै कमेन्ट आएको छ। तर केही कमेन्ट दक्षिण भारतको चेन्नईजस्ता महानगरबाट पनि आएको छ। यहाँसम्म कि जब मेरा आफन्तजन यो वेभसाइट पढ्छन् तब उनीहरु यस विषयमा मौन रहन्छन् । केही युवतीहरु छन् कि मेरो कथा थाहा पाएर उत्साहित छन् । उनीहरुलाई संघर्ष गर्ने हौसला मिलेको छ। मेरा अभिभावक वेभसाइटका बारेमा थाहा पाएर हतप्रभ भएका थिए । तर, जब उनीहरुलाई वास्तविकता थाहा पाए उनीहरु शान्त भए । अम मेरी आमा यस विषयमा कुरा गर्छिन् ।’ इन्दुजाले आफ्नो वेभसाइटमा केही जानकारी पनि दिएकी छन् । उनी चाहन्छिन् कि उनीसँग विवाह गर्नेले आफूलाई के मन पर्छ र के मन पर्दैन जान्न सकोस ।

उनले भनिन्–‘म मदिरा पिउँदिन र धुमपान मन पराउँदिन । म अण्डा खान्छु तर फूडी होइन । म ब्याडमिन्टन खेल्छु, गीत गाउँछु र डान्स पनि गर्छु । म चस्मा लगाउँछु र त्यसमा म मुर्ख देखिन्छु। मसाला र ड्रामा मन पराउँदिन, टेलिभिजनको फ्याँन होइन । म पढ्दिन, मित्रवत भाव राख्नु । तर, मित्रतालाई महत्व दिन्न । महिलाहरुको जस्तै महिला होइन । निश्चित रुपमा म विवाह लायक छैन, म कहिल्यै पनि आफ्नो कपाल लामो बनाउँने छैन । म लाइफ लंग ग्यारेन्टीका साथ आउनेछु र जीवनभरका लागि कमिटेड रहनेछु । उनले आफ्नो बारेमा जानकारीका साथ आफूलाई कस्तो केटा चाहियो भन्ने बारेमा पनि उल्लेख गरेकी छन् ।

इन्दुजाले भनेकी छन्–एउटा व्यक्ति जो दाह्री होस्, संसार हेर्ने विषयमा उत्साही होस् । एउटा यस्तो व्यक्ति जो आफ्नो लागि कमाउन सकोस् र आफ्नो कामप्रति नकारात्मक नहोस् । आफ्ना आमाबाबुप्रति उदार होस र यो बढी उचित हुनेछ कि एउटा परिवारमा बाँधिएको नहोस् । एउटा अर्को कुरा बच्चाप्रति उसको लगाव नभए झनै राम्रो । उसको आवाज राम्रो होस र व्यक्ति असल होस । कम्तिमा पनि ३० मिनेटसम्म कुराकानी गर्ने क्षमता होस ।
Powered by Blogger.