पाकिस्तानद्वारा यूएईसामु ३ सय ४० रनको चुनौती प्रस्तुत
काठमाडौ । विश्वकप क्रिकेटअन्तर्गत बुधबारको खेलमा पाकिस्तानले युएईलाई ३ सय ४० रनको चुनौती दिएको छ। पाकिस्तानले ओभरको खेलमा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको हो।

पाकिस्तानका लागि अहमद सहजादले १ सय ५ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ९० रन बनाए भने ह्यारिस सोहेलले ५ चौका र १ छक्का प्रहार गर्दै ७० रनको योगफल बनाए। यस्तै मिबाह अल हक ४९ बलमा ४ चौका र २ छक्का हान्दै ६५ रन बनाए। पाकिस्तानले सन् १९९२को च्याम्पियन हो।
यता, अर्को खेलमा बलियो अस्ट्रेलियालाई चुनौती दिन अफगानिस्तान तयार देखिएको छ। विश्वकपमा पहिलो जित हात पार्ने क्रममा स्कटल्यान्डलाई हराएको अफगानिस्तानको हौसला निकै उच्च छ। घरेलु मैदामा विश्वकपको दाबेदारी गरिरहेको अस्ट्रेलिया एकपटक अफगानिस्तानसँगै खेलेको छ।
दुई वर्षअघि भएको खेलमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो। अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले आफूहरूले अफगानिस्तानलाई हल्का रूपमा नलिने दाबी गरे।
