विमान दुर्घटनामा परेका दीपक मलहोत्राको बयानः परिवारका सदस्यसँग कहिल्यै सँगै यात्रा गर्न हुँदोरहेनछ’ : भिडियोसहित
काठमाडौं । बुधबार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानका २ सय २७ यात्रुमध्ये नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता रहेको इन्टरनेसनल मार्केटिङ सर्भिसेस्का कार्यकारी अध्यक्ष दीपक मलहोत्रा र उनका छोरा डिकेस मलहोत्रा पनि थिए ।
उनी स्पेनमा भएको ‘सामसुङ फोरम– २०१५’ को नयाँ मोबाइल लन्च कार्यक्रममा सहभागी भएर बुधबार मात्रै स्वदेश फर्कंदै थिए । ठूलो दूर्घटनाबाट भाग्यले दोस्रो जीवन पाएका दीपक मल्होत्राले यसरी साटे दुर्घटनाको अनुभवः करिब ६ बजेर ५५ मिनेट जाँदा प्लेन विमानस्थलमा ल्याण्ड गर्नुपर्ने थियो ।
तर, भिजिबिलिटी भएको कारणले प्लेन ल्याण्ड हुने सम्भावना भएन । ल्याण्ड हुने संभावना नदेखिएपछि पाइलटले ७ राउण्ड जति आकाशमा नै प्लेनलाई उडाए । त्यसपछि सवा ७ तिर प्लेनलाई ल्याण्ड गर्ने उनले पहिलो प्रयास गरे ।
प्लेन ल्याण्ड गर्न तीनकुनेसम्म ल्याइयो,सायद भिजिबिलिटी कम भएर होला, पाइलटले पुनः प्लेनलाई माथि उडाए । प्लेन तल आइपुग्दासम्म हामीले पनि झ्याल बाहिर केही देखिरहेका थिएनौं । त्यसपछि पाइलटले भिजिबिलिटी कम रहेको जानकारी दिए र आधा घण्टाभित्र ल्याण्ड गर्ने जानकारी दिए । त्यति बेलासम्म प्लेनभित्रको वातावरण सामान्य नै थियो । केही समय आकाशमा प्लेन उडाएपछि पाइलटले दोस्रो पटक प्लेन ल्याण्ड गर्ने प्रयास गरे । तर, प्लेन रनवेमा नभएर माटोमा ल्याण्ड भएछ । प्लेन घिस्रिँदै अघि बढ्यो । ठूलो आवाज आयो, एकैछिन सबैजना के भयो भनेर चुपचाप बसे । यस्तो बेला केही बोल्न पनि सकिँदैन रहेछ । प्लेनभित्र पूरै प्यानलहरु खोलिन थाल्यो । सामानहरु यत्रतत्र हुन थाल्यो । बिस्तारै प्लेनभित्र धुँवा पनि भरिन थाल्यो । अनि घ्याक्क प्लेन रोकियो । यति बेलासम्म चुपचाप रहेका सबै यात्रुहरु अब भने आत्तिएर कराउन थालिसकेका थिए हल्लाले त्यहाँको माहोल झनै चिच्याहटपूर्ण बन्नपुग्यो ।
प्लेनमा धुँवा भरिएकोले होला प्लेनमा आगो लागेको हल्ला आयो,जसले यात्रुको त्रसित बनायो । प्लेनमा सबै अत्तालिँदै चिच्याउन र रुन थाले । प्लनेमा विदेशीहरु बढी थिए । उनीहरु बढी कराई रहेका थिए । त्यसपछि ईमर्जेन्सी ढोकाहरु खोलियो । हामी अगाडिको ढोकाबाट बाहिर निक्लियौं । त्यतिबेला मलाई नयाँ जीवन पाएको अनूभुति भयो ।
दोस्रो जीवन पाएकोमा भगवानलाई मनमनै धन्यवाद दिएँ । सबैभन्दा पहिलो फोन आफ्नो श्रीमतीलाई गरेर घटनाको जानकारी दिए । उनी पनि एयरपोर्टमै आएकी थिइन्, रिसिभ गर्न । उनी एकछिन त स्तब्ध बनिन्, सोच्दै नसोचेको घटना भएको थियो । अहिले म घर आइपुगेको छु । यो दुर्घटनापछि के अनुभव भयो भने बाबु–छोरालगायत परिवारका सदस्य कहिल्यै पनि एकै जहाजमा यात्रा गर्नु नहुने रहेछ । यदि केही भएको भए …… ।रातोपाटी